१६ चैत्र २०८०, शुक्रबार
एकता पश्चात ‘वाद’ लाई बाधक नमान
  • काँचुली खबर

भिम रावत \यतिबेला नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच प्रदेश र प्रतिनिधि सभाको निर्वाचन तालमेल राष्ट्रिय सभा, सरकार निर्माण र राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन सम्मका लागि चलेको वाम गठबन्धन पार्टी एकतामा परिणत भएको छ । यी दुई पार्टीहरुले एकताका लागि बनाएका सात बुँदे सहमति नै पार्टी एकताको मुल आधार बन्न पुग्यो । फागुन मसान्तसम्म पार्टी एकता कार्यदलले सांगठानिक र वैचारिक कार्यदिशाका बारेमा ठोस प्रस्ताव तयार पार्ने र त्यसलाई शीर्ष नेतृत्व तहमा छलफल र सहमति गरी चैत्र १५ गते भित्र पार्टी एकताको घोषणा गर्ने भनिएको एकता प्रक्रियाले केही समय लिँदा पार्टी एकता नै नहुने होकि भन्ने आशंका बढ्न थालेपछि सबैलाई ‘सरप्राइज’ दिदै जेठ ३ गते पार्टी एकता घोषणा गरे । तोकिएकै समय सीमा भित्र सबै विषय नटुङ्गिए पनि पार्टी एकताको घोषणा पश्चात सबैलाई खुशीयाली छाएको छ र नेपाली जनताले भरोसायोग्य एउटै कम्युनिष्ट पार्टी बनेकोमा अब नेपालमा सास्तविक रुपमै शान्ति र समृद्धि हुने विश्वास गर्न थालेका छन् । बैशाख १० गते नेपालमा पहिलो पटक कम्युनिष्ट पार्टी जन्मिएको दिन हो । बि।स। २००६ साल बैशाख १० गते पुष्पलाल श्रेष्ठले नेपालमा कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच एकता पश्चात पार्टीको नाम स्थापनाकाल कै नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ मात्र राख्ने सहमति भै सोही अनुसार पार्टीको नाम राखिएको छ ।नेपालमा कम्युनिष्ट पार्टीहरु टुटफुट र विभाजनको कोपभाजनबाट ग्रस्त हुँदै आए । खासगरी बि।स। २०१९ साल पछि विभाजनका पीडा भोग्दै आए । बि।स। २०४९ सालमा नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीले बहुदलीय प्रतिस्पर्धात्मक राज्य व्यवस्थालाई आत्मसाथ गर्ने गरी पार्टीको तत्कालिन कार्यनीतिका रुपमा ‘जनताको बहुदलीय जनवाद’ लाई अगाडि सारे । महाधिवेशनले त्यसलाई पार्टीको तत्कालिन कार्यनीतिको रुपमा पारित गरे पश्चात त्यसले नेपालका कतिपय कम्युनिष्ट पार्टीहरुलाई एकिकरण गर्दै नेकपा एमाले नेपालको सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीको रुपमा विकास भयो । अर्कोतिर एमालेले अङ्गिकार गरेको ‘जबज’ लाई अस्वीकार गर्दै परम्परागत ‘माओवाद’ लाई नै मार्गदर्शक सिद्धान्त मान्दै तत्कालिन नेकपा माओवादीले देशमा सशस्त्र संघर्ष शुरु ग¥यो । माओवादीको त्यो सशस्त्र संघर्ष ‘माओवाद’ को मार्ग निर्देशक सिद्धान्तका आधारमा दश वर्ष सञ्चालन भयो । दश वर्ष पुरा गरे सँगै सशस्त्र संघर्षरत मओवादी ‘शान्तिपूर्ण प्रतिस्पर्धात्मक’ राजनीतिमा शान्ति सम्झौताको भ¥याङ्ग मार्फत अवतरण ग¥यो । करिब सय वर्ष अघि सन १९१७ मा लेनिनले रुसमा गरेको क्रान्तिलाई आदर्श मान्ने विश्वका कम्युनिष्टहरुले सशस्त्र संघर्षबाट राज्यसत्ता प्राप्त गर्ने विषयलाई मुलमन्त्र मान्दै आए । सन १९४९मा माओत्सेतुङले सशस्त्र युद्धबाटै चीनलाई सामन्ती दासताबाट मुक्त गराउँदै ‘ राज्यसत्ता बन्दुकको नालबाट आउँछ’ भन्ने सिद्धान्तको व्यवहारीक रुपमै प्रतिपादन गरे । विश्व सँगै नेपालका कम्युनिष्टहरु पनि लामो समय सम्म माओको यो सिद्धान्तबाट दाँया–बाँया गरेनन् । नेपालमा बि।स। २०४९ सालमा मदन भण्डारीले ‘जबज’को अवधारणा अगाडि सारे पश्चात नेकपा एमाले शान्तिपूर्ण प्रतिस्पर्धात्मक राजनीतिलाई अवलम्बन
गर्ने भरपर्दो लोकतान्त्रिक शक्तिको रुपमा आफूलाई स्थापित गर्न सफल भयो । यसलाई अस्वीकार गर्दै २०५२ साल देखि सशस्त्र युद्धमा होमिएको माओवादी पनि २०६२÷०६३ को आन्दोलन पश्चात शान्तिपूर्ण प्रतिस्पर्धात्मक राजनीतिमा आयो र आधारभूत रुपमा माओवादी पनि एमाले भन्दा विचारमा भिन्न रहेन । गत दश वर्ष देखि माओवादी पनि शान्तिपूर्ण प्रतिस्पर्धाको राजनीति कै बाटोबाट हिडिरहेको छ । अहिले माओवादीले माक्र्सवाद–लेनिनवाद जस्तै ‘जबज’लाई मार्गदर्शक सिद्धान्तको रुपमा स्वीकार्न अप्ठ्यारो मानेको भए पनि ‘जबज’ ले अङ्गिकार गरेको शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धात्मक राजनीति मार्फत आफ्नो श्रेस्ठता स्थापित गर्ने सिद्धान्त प्रति प्रतिवद्ध देखिन्छ ।
बाहिर जे सुकै भने पनि एकता प्रक्रियामा आइपुग्नु भन्दा पहिले देखि नै माओवादी केन्द्र ‘माओवादी’ थिएन । चिनीया क्रान्तिका नायक मानिने माओत्सेतुङको ‘माओवाद’लाई आधार मान्ने हो भने त्यो विचारमा शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धालाई कुनै स्थान हुँदैन । ‘बलियो कम्युनिष्ट पार्टी, त्यस मातहत जनसेना र त्यही जनसेनाको बलमा राज्यसत्ता कब्जा गर्ने ’ माओवादी विचारबाट नेकपा माओवादी केन्द्र बाहिर निस्किएको दश वर्ष पुरा भइसकेको छ । सैद्धान्तिक रुपमा बल प्रयोगको हिंसात्मक कार्यदिशा परिवर्तन गरेर माओवादी शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक लाइनमा आइपुगेर नै नेकपा एमाले सँगै पार्टी एकताको बाटो खुला र फराकिलो भएको सत्यलाई सबैले
स्वीकार गरेका छन् ।
‘माओवाद’ त्यागिसकेपछि माओवादी केन्द्रले सोझै ‘जबज’ लाई स्वीकार गर्न असामान्जस्य हुने भएरै उसले ‘एक्काइसौं शताब्दीको जनवाद’ भनेको हो । त्यसमा खासकुनै सैद्धान्तिक अवधारणा नै छैन । त्यो अमूर्त छ । त्यसले समाजवाद उन्मुख अर्थतन्त्रका लागि उत्पादन प्रणालीलाई जोड दिने कुरा त गरेको छ तर समाजवादी क्रान्तिको राजनीतिक कार्यक्रम र कार्यदिशाबारे स्पष्ट छैन । नेपालमा पुष्पलालले नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्दा नेपाल अर्धसामन्ती र अर्धऔपनिवेशिक चरित्र सहितको जहाँनिया राणा शासनमा थियो । बि।स।२००७ सालमा आएको राणा सहितको प्रजातन्त्र र सत्रसालमा महेन्द्रले लादेको सामन्ती निरंकुश राजतन्त्र दुबैका चरित्र निरंकुश नै थिए । २०४६ सालको राजा सहितको बहुदलीय प्रजातन्त्रमा राजनीतिक स्वतन्त्रता भएपनि राज्यको अर्धसामन्ती र अर्धऔपनिवेशिक चरित्रमा कुनै फेरबदल भएन । त्यसैले नेपालका सबै कम्युनिष्ट पार्टीहरुको क्रान्तिको न्युन्तम कार्यक्रम नेपालमा जनवादी क्रान्ति ९त्यो पूँजीवादी जनवादी नै हो ० सम्पन्न गर्ने कार्यभार बोकेर पनि यो वा त्यो बहानामा नेपालका कम्युनिष्टहरु विभाजित भइरहे । तर माओवादीले सामन्ती निरंकुशतन्त्रको विरुद्ध थालेको दश वर्षे सशस्त्र संघर्ष र २०६२÷०६३ को शान्तिपूर्ण जनक्रान्तिले नेपालमा सामन्ती चरित्र सहितको
पुरानो राज्य व्यवस्था पूर्णरुपमा अन्त्य गरेकोे छ । नेपाल नयाँ संघीय संरचना सहितको लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरण भएको छ । राजनीतिक हिसाबमा अब नेपालमा पूँजीवादी जनवादी क्रान्ति एक प्रकारले पुरा भएको छ र अब नेपालमा समाजवादी क्रान्तिको आधार तयार गर्नु आवश्यक छ । अब समाजवादी क्रान्ति पुरा गर्न नेपाली कम्युनिष्टहरुको क्रान्तिको तत्कालिन कार्यदिशा के हुने रु र त्यो कुन ‘वाद’ मा आधारित हुने वा कुन ‘वाद’ लाई मार्गदर्शन सिद्धान्त मानेर समाजवादी क्रान्तिको कार्यदिशा तय गर्ने यो बहसको विषय छ । किनभने नेपालमा जन्मिएको कम्युनिष्टहरुको नेपाली क्रान्तिको एउटा कोर्ष पुरा भएको छ । ‘जबज’ मार्गदर्शक सिद्धान्तको रुपमा विकास भइसकेको
छैन । तर नेकपा एमालेले आफ्नो नवौं महाधिवेशनबाट ‘जबज’ लाई मार्गदर्शक सिद्धान्तको रुपमा अगाडि सारिसकेको अवस्था छ । तर यसले नेपालमा पूँजीवादी जनवादी क्रान्ति सम्पन्न भएपश्चात पनि नेपाली समाजको अवस्था र यसका बारेमा अगाडिको कार्यदिशा कस्तो हुन्छ भन्ने अवधारणा चाहीं दिएको छ । ‘जबज’ ले नेपाली समाजको रुपान्तरणको बारेमा तीन वटा चरणको ब्याख्या गरेको छ ।
एक, सामन्तवाद र साम्राज्यवादका शोषण–दमनका सबै प्रकारका अवशेषहरु समाप्त गर्ने चरण । दुई, जनताको जनवादी व्यवस्था सुटृढ गर्ने चरण । तीन, समाजवादमा संक्रमण गर्ने चरण । २०६२÷०६३ को सफल जनक्रान्ति पश्चात नेपालमा राजतन्त्रको समाप्तीसँगै सामन्तवादको राजनीतिक चरित्रको अवशेषहरु पनि समाप्त भए । तर साम्राज्यवादको अवशेषहरु बाँकी छन् किनभने नेपालमा साम्राज्यवाद सिधा रुपमा होइन दलाल पूँजीवादसँग गहिरो सम्बन्ध जोडेर बसेको छ । दलाल पूँजीवाद जनताको जनवादी व्यवस्थाको सुदृढिकरण गर्ने प्रक्रियामा राष्ट्रिय पूँजीको जगेर्ना र विकाससँगै कमजोर हुँदै जान्छ । समाजवाद उन्मुख अर्थतन्त्र जति सबल बन्दै जान्छ त्यति छिटो दलाल पूँजीवाद विस्थापित हुन्छ । अहिले नेपाल यही चरणमा छ । त्यस्तै ‘जबज’ ले समाजवादउन्मुख मिश्रित अर्थतन्त्र लागु गर्ने विषय अगाडि सारेको छ । त्यही कुरालाई नेपालको संविधान २०७२ मा तीनखम्बे अर्थनीतिको माध्यमबाट समाजवादउन्मुख अर्थव्यवस्था निर्माण गर्ने भनिएको छ । ‘जबज’को अर्थव्यवस्थाको ब्याख्यामा कुन–कुन र कस्तो–कस्तो आर्थिक क्षेत्रमा राज्यको मात्रै लगानी रहने र कुन–कुन क्षेत्रमा विदेशी पूँजी भित्राउने र लगानी गर्ने भन्ने विषय ‘जबज’ को आर्थिक कार्यक्रममा उल्लेख गरेको छ । सारमा त्यो भनेको तीनखम्बे अर्थनीतिकै कुरा गरेको स्पष्ट छ । यसरी मदन भण्डारीले अगाडि सारेको ‘जबज’ले समाजवादमा संक्रमण गर्ने चरण सम्मको यात्राको लागि राजनीतिक कार्यदिशाको बाटो तय गरेकाले एकता पछि पनि समाजवाद सम्मको राजनीतिक कार्यनीति ‘जबज’ नै हुने आधार छ र त्यसमा त्यति आपत्ति गर्नु पर्ने अवस्था देखिदैन । बरु ‘जबज’ लाई नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त नै मान्ने कुरा चाहीं अपरिपक्व र सार्वभौम कुराको अपब्याख्या हुन जान्छ । यसकारण एकता पश्चात पूर्व नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आफ्नो सिद्धान्तको कुनै ‘वाद’ को फेर समातेर नेपाली जनताको आकांक्षालाई अपमान गर्न मिल्दैन । माओवादी केन्द्रको त झन ‘माओवाद’ परित्याग गरिसकेपछि उसको कुनै ‘वाद’ नै बाँकी छैन । त्यसैले अब नअल्मलिएर छिटो भन्दा छिटो पार्टीका सबै वनसंगठनहरुलाई पनि एकता गरेर एउटै स्वरुपमा सञ्चालन गर्नु आवश्यक छ ।

एकता गरेर स्थायी सरकार मार्फत नेपाललाई सुशासन, सुशासनको माध्यमबाट आर्थिक संवृद्धि र आर्थिक संवृद्धि सँगै नेपाललाई समाजवादी चरणमा रुपान्तरण गराउन गरी नेपाल कम्युनिष्ट पार्टी लाग्नु पर्दछ । पार्टी एकताको सन्देश देशभरी फैलाउन अब ढिला नगरी एकताको भाव व्यक्त हुने गरी कार्यक्रमहरु सञ्चालन गर्नु पर्दछ । नेपालको राजनीतिक इतिहासमा यति महत्वपूर्ण ऐतिहासिक पार्टी एकताको काम सम्पनन हुँदा पनि यसलाई सामान्य रुपमा लिइएको र यसलाई प्रचारात्मक रुपमा फैलाउन नसकेको आभास पाइन्छ । नेपाल कम्युनिष्ट पार्टीको गठन हुनु भनेको नेपालको वामपन्थी राजनीतिक इतिहासमा मात्र होइन विश्व वामपन्थी आन्दोलनको इतिहासमै महत्वपूर्ण घटना हो । यसलाई त्यही रुपमा बुझनु आवश्यक छ । त्यसैले अब पनि पूर्व नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेता कार्यक्रताहरुले विना हिचकिचाहट र विना छलछाम इमान्दारीपूर्वक आ–आफ्नो जिम्मेवारी पुरा गर्ने दायित्व वोध गर्न सक्नु पर्दछ । अब आ–आफ्ना पूर्व पार्टीका ‘वाद’ वा ‘इगो’लाई समातेर होइन , नेपालको राष्ट्रिय राजनीतिमा ठूला र महत्वपूर्ण दुई कम्युनिष्ट पार्टीहरु मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी र राज्यका सबै तहमा उनीहरुको बहुमतको सरकारको कार्यक्रमले नेपाली जनताको आर्थिक समृद्धिका लागि के–के गर्न सक्ने रहेछन् भन्ने कुरा पनि नेपाली जनताले हेरिरहेका छन् भन्ने हेक्का राख्नु जरुरी छ ।

  • १३ जेष्ठ २०७५, आईतवार २१:१३ प्रकाशित
  • Nabintech