हपहपी बढ्यो गर्मी, मनसुन शुरु नभएसम्म यस्तै हुने
  • काँचुली खबर

नेपालगन्ज/ मुलुकमा एक्कासि हपहपी गर्मी बढेको छ। पूर्वी भेगको तुलनामा पश्चिम तराईका धेरैजसो भू–भागमा गर्मी ह्वात्तै बढेको हो। गर्मी बढेसँगै अधिकांश स्थानको जनजीवन प्रत्यक्ष प्रभावित बनेको छ।

शनिबार नेपालगन्जमा यस वर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ। एक दिनको अन्तरमा त्यहाँको तापक्रम ३ डिग्री बढेको छ। शनिबार सो क्षेत्रको अधिकतम तापक्रम ४२ दशमलव २ डिग्री सेल्सियस रेर्कड भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार नेपालगन्जको अधिकतम तापक्रम ३९ दशमलव ४ डिग्री सेल्सियस रहेको महाशाखाको तथ्यांक छ। नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

अघिल्लो वर्ष अंग्रेजी महिनाको मे २६ तारिखमा नेपालगन्जको तापक्रम ४१ दशमलव २ डिग्री थियो। यसअघि पश्चिम तराईमा जेठ ८ गते सबैभन्दा बढी तापक्रम रेकर्ड भएको थियो, सो दिन धनगढीको अधिकतम तापक्रम ४१ डिग्री मापन भएको थियो। त्यसैगरी गत वैशाख २५ गते नेपालगन्जको अधिकतम तापक्रम ४० दशमलव ३ डिग्री सेल्सियस मापन भएको महाशाखको तथ्यांक छ।

शनिबार धनगढीको तापक्रम ४१ दशमलव २ मापन भएको छ भने दीपायलको ३९, दाङको ३७ दशमलव ४, भैरहवाको ३६ दशमलव ३ र सिमराको ३५ दशमलव ५ डिग्री तापक्रम रेकर्ड भएको छ। पश्चिम तराईको तापक्रम तत्काल घट्ने मौसमी गतिविधि नदेखिएको मौसमविद् शान्ति कँडेलले बताउनुभयो। ‘पूर्वी भेगमा हल्का वर्षासँगै मौसम केही धुमिने सम्भावना भए पनि पश्चिम तराईमा त्यस्तो सम्भावना नभएकाले पश्चिमी भेगमा गर्मी अझै बढ्न सक्छ।’ –उहाँले भन्नुभयो।

काठमाडौंमा पनि शनिबार यस वर्षकै सबैभन्दा बढी गर्मी महशुस गरिएको छ। शनिबार उपत्यकाको तापक्रम ३१ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ। शुक्रबार उपत्यकाको तापक्रम ३१ डिग्री थियो भने गत वैशाख १० गते ३० दशमलव २ र गत जेठ ८ गतेको तापक्रम ३० डिग्री थियो। गतवर्ष अंग्रेजी महिनाको मे २६ तारिखमा उपत्यकाको अधिकतम तापक्रम २९ दशमलव ८ डिग्री मापन भएको महाशाखाले जनाएको छ।

मनसुन शुरू नभएसम्म उपत्यकामा गर्मी अझै बढ्न सक्ने अर्का मौसमविद् समीर श्रेष्ठले बताउनुभयो। ‘अहिले गर्मी ठिकै रहेको पूर्वी तराईको तापक्रम पनि केही दिनपछि बढ्न सक्छ। मनसुन शुरू नभएसम्म धेरै ठाउँको तापक्रम बढ्ने गर्छ’ –उहाँले भन्नुभयो

  • १३ जेष्ठ २०७५, आईतवार ११:१७ प्रकाशित
  • Nabintech