१० मंसिर २०७९, शनिबार
रेडियोमा विश्वकप सुन्ने त्यो यूग ब्राजिलका फुटबल प्रशिक्षक टिटेको अनुभूति
  • काँचुली खबर

टिटे (एडेनर लियोनार्दो बाची)

कुनै पनि देशले विश्वकपका लागि २३ जना खेलाडी छान्नु सजिलो काम होइन । यो ठूलो चुनौति हो । ठूलो जिम्मेवारी पनि हो । किनभने देशभित्रका त्यत्रा खेलाडीमध्ये केहीले मात्र विश्वकपका लागि स्थान बनाउँछन् ।

त्यसले उनीहरुमा कस्तो प्रभाव पर्छ भन्ने पनि मैले राम्ररी बुझेको छु । ब्राजिलको राष्ट्रिय टिमको प्रशिक्षक भएकाले यसपटक यो काम मेरो जिम्मामा थियो । खेलाडी छनोट गर्ने विषयमा बताउनु भन्दा पहिले आउनुस्, एउटा रेडियोको कथा भन्छु । किनभने जब म बच्चा थिएँ, रेडियो एउटा सानो कालो बाकस मात्र थिएन । मेरा लागि जादुयी भाँडो थियो । म हुर्किएको समय मेरो परिवारसँग टेलिभिजन थिएन । मेरो बुवाआमा गाउँमा किसान हुनुहुन्थ्यो । म तीन वर्षको जति हुँदा राम्रो जीवनका लागि शहर बसाईं सर्रुयौँ । आमाले लुगा सिलाउने ठाउँमा र बुवाले रक्सी बनाउने ठाउँमा काम पाउनुभयो ।

त्यो बेला म आमालाई ‘सोडा’ खान्छु भन्दै खुब पिर्थें । आमा भन्नुहुन्थ्यो, धेरै नआत्तिउ, म तिमीलाई सोडा खुवाउँछु । एक दिन म स्कूलबाट घर फर्किरहेको थिएँ । आमाले घरमा मेरा लागि सोडा ल्याएर राख्नुभएको रहेछ । ती दिनहरुमा सोडा सामान्य मान्छेका लागि होइन भन्ने ज्ञान मलाई थिएन । धेरैपछि मात्र मैले बुझेको हो, त्यो सोडा किन्नका लागि मेरो आमाले पाँच दिन बिहान गएर बढी काम गर्नु परेको थियो ।

मैले उहाँको त्याग बुझिनँ । मेरो लागि सोडा जादुले आँखाअघि आइपुगेको थियो । अनि मेरो आमा जादुगर ।

मेरो बुवा अलि भिन्न खालको हुनुहुन्थ्यो । एकदमै सिधा बोल्ने स्वभावको । यदि उहाँलाई केही भन्नु छ भने सिधा आँखामा हेरेर भन्दिहाल्ने । उहाँ सानो(सानो विषयमा बोल्दै बस्नु हुन्नथियो । सामान्य कुराहरुमा आँखाबाटै इशारा गरीदिने । हामीले कुरा गर्ने केही विषय थियो भने त्यो फुटबल हो ।

मलाई सन् १९७० को विश्वकपको केही कुरा याद छ । त्यो बेला म ९ वर्षको थिएँ । पूरा देश विश्वकप हेर्न रोकिएको थियो । म मेरो बुवाको अगाडि बसेर रेडियो सुनिरहेको थिएँ । रेडियोबाट फुटबलको जादु अनुभव गरिरहेका थियौँ ।

त्यो बेला मेरा लागि फुटबल एउटा नाटकीय कथा थियो । जुन रेडियोबाट कसैले तिमीलाई सुनाउँदै छ । मेरो विचारमा एउटा कुनै कला जस्तो । जस्तो कि कुनै एउटा पेन्टिङ या राम्रो उपन्यास जस्तो ।

ब्राजिलले विपक्षीको पोस्टमा बल आक्रमण गर्रुयो । रेडियोमा सुनिरहेका बेला भन्नेले आफ्ना शब्दमार्फत हाम्रो दिमागका एउटा चित्र बनाइदिन्थ्यो । यो टेलिभिजनमा फुटबल हेर्नेभन्दा असाध्यै भिन्न अनुभव हो । टेलिभिजनमा हेर्नु नराम्रो भन्न खोजेको त होइन तर त्यो रहस्य, त्यो कल्पना कम भएको छ । जतिबेला हामीसँग रेडियो मात्र थियो हरेक शब्द याद हुन्थ्यो । त्यसको महत्व ठूलो थियो ।

त्यो बेला सेमिफाइनलमा ब्राजिल भर्सेस उरुग्वेको खेल रेडियोमा सुनेको मलाई अहिले पनि याद छ । त्यो बेलाको याद मेरो दिमागका किन पनि गढेको छ भने त्यो एकदमै भावुक समय थियो । हरेक सेकेण्ड म रेडियोकै अघि थिएँ । ब्राजिल जितेको कल्पनाको गोल मेरो दिमागमा रेडियो सुन्दा पनि दौडिरहन्थ्यो ।

रेडियोमा टोस्टायो ‘ टोस्टायो ‘ क्लोडोआल्डो ‘ क्लोडोआल्डोओओओओओ ‘.. भनेको आवाज अझै मेरो कानमा छ ।

तर रेडियोमा भनिरहेको कुरा र मैले कल्पना गरीरहेको कुरा मिलेको थिएन । खुशी त लागेको थियो तर त्यो अविश्वसनीय भएको थियो । प्रस्तोताले भनिरहेका थिए, टोस्टायोले बल पास दिए, क्लोडोआल्डोले बल लगेर गोल हाने । मैले आफैलाई प्रश्न गरेँ, कसरी क्लोडोआल्डोले गोल गर्न सक्छन् र भन्या ? उनी पूरै डिफेन्सिभ मिडफिल्डर । अनि फेरि टोस्टायो स्ट्राइकर, उसले कसरी डिफेन्सको मान्छेलाई बल पास दियो ?

अर्को बिहान मैले पत्रिकामा प्रोफेसर रोय कार्लोस ओस्टरम्यानको खेल विश्लेषण पढेँ । अनि बल्ल त्यो गोल कसरी भएको रहेछ मेरो दिमागले स्वीकार्न सक्यो । मैले पहिलो पटक भिडियोमा फुटबल गोल कहिले देखेको थिएँ याद छैन । तर त्यो पत्रिकामा ब्याख्या भएका शब्दले मैले त्यसको भिडियो आफ्नो दिमागमा बनाएको थिएँ, त्यो अझै याद छ ।

रमाइलो त के भने, म सानै हुँदा पनि हरेक समय प्रोफेसर रोयको खेल विश्लेषण पढ्ने गर्थें । उनको कोलमको नाम थियो, ‘ट्याकटिक्स अफ ग्रेमियो ।’ त्यो पढेर मलाई आश्चर्य लाग्थ्यो, प्रशिक्षक अब के गर्छन् त ?

अनि पछि आएर म ग्रेमियोकै प्रशिक्षक भएँ । त्यो बेला पनि म प्रोफेसर रोयको विश्लेषण पढ्थेँ । त्यो बेला पनि लाग्थ्यो प्रशिक्षक अब के गर्छन् त ?

साँचो भन्दा मैले कहिल्यै फुटबल प्रशिक्षक हुने सोचेको थिइनँ । जसले त्यो सन् १९७० को विश्वकप बुझेर हुर्किएको छ, तीनको सपना त्यो पहेँलो जर्सीमा ब्राजिलका लागि फुटबल खेल्नु नै हुन्छ । मेरो पनि त्यही थियो, तर त्यो भाग्यले दिएन । मेरो घुँडाको चोटले मैले धेरै दुःख पाएँ । २७ वर्षको हुँदा नै मेरो खेल जीवन सकिएको थियो । त्यसपछि मैले फुटबलको तलतल प्रशिक्षक भएर मेट्न थालेकी हुँ ।

ओहो ! अहिले यसो सम्झँदा विश्वास गर्नै अप्ठेरो हुन्छ । मैले प्रशिक्षकको काम गरेको पनि झण्डै ३० वर्ष भइसकेछ । एउटा प्रशिक्षकको कथा, एउटा खेलाडीको कथाभन्दा भिन्नै अलि अप्रत्याशित हुन्छ ।

आठ वर्ष पहिले म अबुधाबीमा रहेको आफ्नो अपार्टमेन्ट बाहिर बसिरहेको थिएँ । त्यो बेला अल वादा एफसीलाई प्रशिक्षण दिन्थें । त्यतिबेला आएको एउटा फोन कलले मेरो जीवन बदलियो । आन्द्रेस सान्चेजले फोन गरेर ब्राजिल फर्किन र कोरिन्थिएन्स क्लब सम्हाल्न भनेका थिए । मैले उनलाई म त्यो काम गर्न सकुँला र ? भनेर प्रश्न गरेको थिएँ ।

मेरो श्रीमतीलाई अबुधाबीमा निकै रमाइलो लागिरहेको थियो । छोरीले पनि स्कूल भर्ना हुनको लागि जाँच दिइसकेकी थिइन् । अबुधाबीमा कुनै तनाव र हतारो नभएको आनन्दको जीवन सुरु भइसकेको थियो । साँच्चै निकै रमाइलो जीवन ।

यसैले मैले श्रीमतीलाई ब्राजिलमै बोलाएको बारे भन्न खोज्दै थिएँ । ‘अँ सुन त हामी ‘’
उनले भनिन्, ‘तिमीले जानेबारे सोचिसकेका छौ । मलाई मूर्ख बनाउन नखोज न । तिमी ब्राजिल फर्किन नै चाहन्छौ ।’

मेरो मनमा के थियो उनले बुझेकी थिइन् । त्यसको केही दिनपछि म ब्राजिल साओपाउलो र्फकने प्लेनमा थिएँ । मैले मनमनै आफैसँग भनेको थिएँ, ‘तँ रोनाल्डो र रोबर्टो कार्लोस दुई लिजेण्डको प्रशिक्षक भएर जाँदै छस् । यो अविश्वसनीय सम्मान हो ।’

पहिलो केही महिनाको अनुभव त डरलाग्दो नै रहृयो । कोपा लिबेर्टाडोरसको सामान्य छनोट खेलमा टोलिमा क्लबविरुद्ध हाम्रो खेल थियो । त्यो नसोचिएको खेलमा हामी पराजित भयौँ र छनोट हुन सकेनौँ । त्यो क्लबको लागि स्वीकार्य कुरा थिएन । अन्तिम समयको हृविसलसँगै मैले सोचेको थिएँ, अब तेरो समय सकियो ।

हामी साओपाउलो फर्किएपछि केही मान्छेले ट्रेनिङ सेन्टर तहसनहस पारेका थिए । ईंटाले हानेर कार विजोग पारीदिएका थिए । उनीहरुले खेलाडीलाई पनि धम्क्याएका थिए । उनीहरुसँग डर लागिरहेको थियो । किनभने उनीहरु साँचो समर्थक थिएनन् । उनीहरुले फुटबलको मानवीय पक्ष बुझेका थिएनन् ।

हामी ट्रेनिङ सेन्टरभित्र थियौँ । त्यो बेलाको एउटा क्षण म कहिल्यै भुल्न सक्दिनँ । हाम्रो गोलकिपर राफेल उठे र सबैजनाको अगाडि भनें, ‘हामी चोर होइनौँ । हामी मान्छे हौँ । हामीले धेरै मेहनत गरेका छौँ । हाम्रो पनि परिवार छ । उनीहरुले हामीसँग यस्तो व्यवहार गर्न मिल्दैन ।’ यति भनेर ऊ सबैको अघि रुन थाल्यो । ऊ आफूलाई असुरक्षित महसुश गरेर निकै कमजोर भएको थियो ।

म उठेँ र भनेँ, ‘तिमी नआत्त राफेल । हामी यसबाट बाहिर निस्कने छौँ ।’

सत्य भन्दा मलाई पनि थाहा थिएन हामी त्यसबाट बाहिर निस्कन सक्छौँ कि सक्दैनौँ । त्यो कुच्चिएको कार लिएर घर लिएर जाने कुरा सोचिरहेको थिएँ । म सोचिरहेको थिएँ के मेरो जागिर भोलिसम्म रहला त ?

तर, क्लब मेरो साथमा रहृयो । अप्ठ्यारो स्थितिमा पनि मलाई विश्वास गर्रुयो । त्यसको एक वर्षपछि घरमा म श्रीमतीसँग वाइन खाँदै बसिरहेको थिएँ । त्यतिबेला बिहानको ४ बजेको थियो । हामी कोपा लिबेर्टाडोरस ट्रफी जितेर आएका थियौँ । मैले उनलाई सोधेँ, हामी यसको हकदार छौँ त ?’

उनले मलाई ती पुराना दिन याद दिलाइन् । त्यो हार, त्यो मेहनतबारे बताइन् । त्यति नै बेला बाहिर केही आवाज आएको मैले सुनेँ । झ्यालमा गएर हेर्दा समर्थकहरु बाहिर भरिएका रहेछन् । उनीहरु मेरो नाम लिँदै गीत गाइरहेका थिए । मलाई लाग्यो, एक वर्षमा धेरै कुरा परिवर्तन गर्न सकिने रहेछ ।

त्यो रात मैले ट्रफी अंगालो हालेर सुतेँ । अनि आँशु चुहिएर म पूरै भावुक थिएँ । कसैलाई लाग्न सक्छ कसरी फुटबलले मान्छेलाई त्यस्तो आँशुमा डुबाउन सक्छ ? म तपाइँलाई भनिदिउँ, त्यो मात्र फुटबल खेलको कुरा होइन । कारण त्यो खेलभन्दा निकै गहिरो छ । त्यो तपाईँको परिवार हो ।

फुटबलको भावनात्मक सम्बन्ध त्यसमा नजोडिएकाहरुलाई बुझाउन सजिलो छैन ।

उदाहरणका लागि ब्राजिल जब जर्मनीसँग सन् २०१४ को विश्वकप सेमिफाइनलमा खेलिरहेको थियो, म श्रीमतीसँग हाम्रो अपार्टमेन्टमा बसेर खेल हेरिरहेको थिएँ ।

जब ब्राजिल ४(० ले पछि पर्रुयो । श्रीमती असाध्यै रोएकी थिइन् । तिमी ठीक छौ ? भनेर मैले उनलाई सोधेको थिएँ । उनले भनेकी थिइन्, ‘रुनुभन्दा बाहेक म अरु के गर्न सक्छु र ?’ उनले फुटबल मैदान र हार(जित मात्रै होइन, त्यसले खेलाडी र प्रशिक्षकको परिवारमा के बितिरहेको हुन्छ भन्ने पनि राम्ररी बुझेकी थिइन् ।

७(१ को हारपछि मलाई विश्वास लागेको थियो, ब्राजिलको अर्को प्रशिक्षक म हुन्छु । मलाई अब आफ्नो समय आएको जस्तो लागेको थियो । जब त्यसका लागि मलाई छनोट गरिएन, म निकै निराश भएको थिएँ ।

त्यो समय मैले आफ्नो आमालाई सम्झिएँ । उहाँ निकै साहसी हुनुहुन्थ्यो । जतिबेला मेरो परिवारलाई निकै कष्ट थियो, उहाँ निकै मेहनत गर्नुहुन्थ्यो । उहाँ आफ्नो हातका औँला छियाछिया नहुँदासम्म लुगा सिलाइरहनु हुन्थ्यो ताकि मेरोअघि जादु गरेको जसरी सोडा ल्याउन सकियोस् । उहाँको जीवन मेरो प्रेरणा हो ।

ब्राजिलको प्रशिक्षकमा छनोट नभएको एक हप्तासम्म त म निकै रोएँ । त्यसपछि अझै राम्रो गर्ने हौसला लिएँ । नयाँ रणनीतिहरु सिक्नका लागि ब्राजिलभन्दा बाहिर जानुपर्छ भनेर मैले सोचें । त्यसका लागि स्पेन गएँ । मैले आफू अघि रहेको भ्रम र डरलाई हटाएर नयाँ कुरा सिकेँ । त्यो सिकाईको समयका दुई व्यक्तिलाई म कहिले पनि बिर्सन सक्दिन । एन्सेटोली र बियान्ची ।
एन्सेलोटीले आफ्नो फुटबल ज्ञान मलाई निकै राम्ररी बाँडे । उनको आक्रमणको शैली निकै राम्रो छ । कसरी ४(३(३ को फर्मेसनमा विपक्षीको पोस्टमा आक्रमणको शैली अपनाउने र कसरी ४(४(२ को फर्मेसनमा बचेर खेल्ने भन्ने उनको सिद्धान्त नयाँ छ ।

गएको तीन विश्वकप हेर्दै मैले आफ्नो नोटबुकमा खेल शैली र फर्मेसनबारे लेख्दै आएको छु । त्यो देखेर मेरो श्रीमती दंग पर्छिन् । उनलाई के गरेको होला जस्तो लाग्छ । एन्सेलोटीले कसरी रोनाल्डो, इस्को र सर्जियो रामोससँग काम गरे भन्ने कुरा मेरा लागि ज्ञानबर्द्धक छ ।
अनि जब बियान्चीसँग बोका जुनियर्समा भेटेँ, फरक अवस्थामा कुराकानी भयो । हामीले सँगै खाना खायौँ, कुरा गर्रुयौँ । उनले टिममा फोकस भएर कसरी काम गर्ने भन्नेबारे निकै कुरा बताए ।

जब म कोरिन्थिएन्समा फर्किएँ, मैले अझ तीव्र गतिमा विपक्षीको पोस्टमा आक्रमण गर्ने नयाँ शैली अपनाएँ । त्यो मेरा लागि निकै गर्वको समय हो, हामीले २०१५ को लिग जित्यौँ । हामीले निकै राम्रो खेलेर जितेका थियौँ । मसँग ज्याडसन, रेनाटो अग्युस्टो, इलिआस, राल्फ र ब्रुनो हेनरिक जस्ता खेलाडी थिए । उनीहरुले निकै राम्रो खेले ।

त्यसबेला मलाई लाग्यो, २०१४ को विश्वकप हारेपछि ब्राजिल टिमले मलाई प्रशिक्षकको रुपमा नबोलाएर राम्रो गर्रुयो । फेरि मैले केही नयाँ कुरा सिक्न पाएँ । फुटबल विद्यालय गएँ र अझै पढेँ, सिकेँ । यसले मलाई अझै राम्रो हुन सिकायो ।

सन् २०१६ को जून महिनामा ब्राजिलियन फुटबल फेडेरेसनले मलाई बोलायो र ब्राजिल टिमको प्रशिक्षणका लागि आग्रह गर्रुयो । पहिले त मलाई असाध्यै खुशी लाग्यो । फेरि सोचें, मैले आफ्नो काम राम्ररी गर्न सकिनँ र ब्राजिललाई विश्वकपमा छनोट गराउन सकिनँ भनें के होला । ब्राजिल विश्वकपमा नहुनु, त्यो कसरी सोच्न सकिएला ?

त्यसको भोलिपल्ट बिहान म उठेँ र सोचेँ, यो सही समय होइन । म त्यो प्रस्ताव स्वीकार गर्दिन ।
त्यसपछि मैले केही समय सोचेँ । आफ्नो बुवाआमा सम्झिएँ । उहाँहरुको मेहनत सम्झिएँ । आमाले लुगा सिलाउने मेसिनमा गर्नुभएको त्यो कडा मेहनत सम्झिएँ । रेडियो नजिकै बसेर बुवासँग फुटबल सुनेको सम्झिएँ । त्यसपछि मलाई लाग्यो, ‘तेरो सपना पूरा गर्ने बेला आएको छ, हुन्छ भन् । आएको अवसर स्वीकार गर ।’

मैले त्यो प्रस्ताव स्वीकार गरेँ ।

मेरो बुवाले सिधा आँखामा हेरेर कुरा गरे जस्तै म ब्राजिलियन टिमका सबै खेलाडीसँग एक्लाएक्लै भेटेर उनीहरुलाई बुझ्न चाहन्थें । आँखामा हेरेर कुरा गर्न चाहन्थेँ । तर ब्राजिलका धेरै खेलाडी क्लब फुटबलका लागि विश्वभर छरिएर रहेकाले सबैसँग त्यो सम्भव थिएन ।
मलाई याद छ, मैले मार्सेलोलाई बोलाएँ । म उसले भनेका कुरा कहिल्यै बिर्सन्न । उ एकदमै क्षमतावान खेलाडी हो । त्यो समय उसले किन खेलिरहेको थिएन मैले बुझ्न सकिनँ । उसलाई सोधेँ, ‘तिमी घाइते छौ हो ?’

अनि उसले भन्यो, ‘सन्नुस् सर, म १७ वर्षको उमेरदेखि राष्ट्रिय टिममा छु । हरेकपटक राष्ट्रिय टिममा बोलाइँदा अहिलेसम्म पनि मेरो परिवार असाध्यै खुशी हुन्छन् । त्यसैले म जहाँ जुन अवस्थामा भए पनि आवश्यक परेको बेला बोलाउँदा आउनेछु । ब्राजिलको लागि खेल्न पाउनु निकै ठूृलो कुरा हो ।’

मैले डानी अल्भेस र नेमारलाई पनि बोलाएँ । जसले उनीहरु दुईलाई बुझेका छन्, उनीहरुको खुला हृदयका बारेमा पनि बुझेका छन् । ब्राजिलका लागि खेल्दा उनीहरुलाई मिल्ने खुशी ठूलो छ । उनीहरुलाई भेट्दै गर्दा टिमका सबै साथीलाई कसरी एक ठाउँमा ल्याउने र एक(अर्कामा संलग्न गराएर अगाडि लाने भन्नेबारे मलाई सोच आइरहेको थियो ।

इक्वेडरसँगको खेल हुनु केही दिनअघि मैले सबै खेलाडीलाई राखेँ र बास्केटबल खेल देखाएँ । क्लेभेल्याण्ड भर्सेस गोल्डेन स्टेटबीच एनबीए बास्केटबलको फाइनल खेल थियो । त्यो खेल मलाई निकै राम्रो लाग्छ । त्यसमा टिम गेम राम्ररी देख्न पाइन्छ । मैले हाम्रा खेलाडीहरुलाई पनि त्यसरी नै एक(अर्कामा जोडिएर कसरी टिम राम्रो बनाउने भन्नेबारे सिकाएँ ।

इक्वेडरसँगको त्यो खेल पहिलो हाफ त निकै टेन्सनमा बित्यो । हामीले गोल गर्न सकेका थिएनौँ । त्यही बेला सन् १९७० को विश्वकपको सेमिफाइनल खेल रेडियोमा सुनेको मलाई याद आयो । रेडियो सुन्दै गर्दा आफ्नो दिमागमा गोलको चित्र बनाएको मलाई बारम्बार याद आयो ।

जब एउटा पेनाल्टी पाएर त्यसमा नेमारले गोल गरे, सबै कुरा सहज हुँदै गयो । हामीले ३(० ले खेल जित्यौँ । त्यो समयपछि कहिल्यै पछि परेको र हामी सुस्ताएको मलाई याद छैन ।

खेलपछि हामी चेन्जिङ रुममा थियौँ । सबै जना बसेर प्रार्थना गर्दै भगवानलाई धन्यबाद दियौँ । केही पदाधिकारी र गार्डहरु बाहिरिन खोजेका थिए । मैले उनीहरुलाई पनि राखेर सबैले प्रार्थना गर्न भनेँ र त्यसै गर्रुयौँ । त्यो सबैको मेहनत थियो । त्यो जितको खुशी सबैको थियो ।

अब हामी विश्वकपको नजिकै छौँ । यसमा मैले केही अप्ठ्यारो निर्णयहरु पनि लिनुपर्रुयो । मलाई थाहा छ विश्वकपमा स्थान हुनुपर्ने, राम्रो खेल्ने हरेक खेलाडीलाई मैले टिममा राख्न सकेको छैन । उदाहरणका लागि लेफ्ट ब्याकबाट खेल्ने तीन जना खेलाडी हाम्रो टिममा हुनै पर्ने खालका छन् । तर ठाउँ दुई जनाको लागि मात्र खाली थियो ।

यसैले मैले त्यो स्थान कसले डिजर्भ गर्छ भन्दा पनि त्यो स्थानमा को हुँदा हाम्रो जित्ने सम्भावनाको प्रतिशत बढ्न सक्छ भन्ने विचार गरेर खेलाडी छानेँ ।

आफूले गरेको निर्णयले खेलाडीहरुको विश्वकप सपनामा असर गर्छ भन्ने पनि मैले राम्ररी बुझेको छु । यसको ठूलो महत्व छ । जति जना छनोट भए, उनीहरुले शान्त रुपमा सबैको कुरा बुझुन् भन्ने अहिले मेरो ध्येय रहेको छ ।

यदि मेरो बुवा यहाँ हुनुुहुन्थ्यो भने उहाँले के भन्नुहुन्थ्यो भन्ने मलाई राम्ररी थाहा छ । उहाँले मलाई भन्नुहुन्थ्यो, ‘तिमीले युवा खेलाडीहरुलाई खेल्न दिनुपर्छ ।’

उहाँको सधैँको एउटै गुनासो हुन्थ्यो, पुराना खेलाडीहरु निकै सुस्त खेल्छन् । यदि तपाइँ २७ वर्षभन्दा माथिको हुनुहुन्छ भने तपाइँको खेलमा मेरो बुवाको एकरति विश्वास बाँकी रहँदैन ।
उहाँ भन्नुहुन्थ्यो, ‘पाका खेलाडीहरु कछुवा जस्ता हुन् । युवा खेलाडी निकै चुस्त हुन्छन् । उनीहरुको गति बिजुली हुन्छ । युवालाई खेलाउनुपर्छ ।’

ड्यानी अल्भेस ३५ वर्षको उमेरमा जस्तो खेल्छन्, जसरी खेलमा माहोल बनाउँछन्, ड्रेसिङ रुममा जस्तो कुराकानी र रमाइलो गर्छन्, उनलाई देख्ने हो भने पक्कै पनि मेरो बुवाको धारणा परिवर्तन हुने थियो ।

स्वर्गे हुनुअघि मेरो बुवाले आमालाई भन्नुभएको कुरा आमाले पछि मलाई सुनाउनुभएको थियो । उहाँले भन्नुभएको रहेछ, ‘एडे पछि गएर महान व्यक्ति हुनेछ ।’

उहाँले जे भन्नुभएको थियो त्यो उहाँबाट सुनिएला भनेर आश हुने कुरा थिएन । उहाँबाट पाउने तारिफ सानो कुरा होइन । त्यो मैले खेल जितेको र ट्रफी पाएको भन्दा ठूलो उपलब्धि हो ।
मलाई लाग्छ बुवा यहाँ हुनुहोस्, उहाँको छोराले टिम सम्हालेर विश्वकपमा गएको हेर्न पाउनुहोस् ।
अब रसियामा के हुन्छ, त्यो भगवानलाई मात्र थाहा होला । तर, मलाई थाहा छ पूरा ब्राजिल हाम्रो अघि एकजुट हुनेछ ।

मलाई थाहा छ, टेलिभिजनले यो पुस्ताका लागि फुटबलको फरक स्वाद दिएको छ । तर मलाई एउटा विश्वास छ, जब हामी विश्वकपमा खेलिरहेका हुनेछौँ लाखौँ ब्राजिलियन बालबालिका रेडियोको अघि बसेर सुनिरहेका हुनेछन्, आफ्नो कल्पनामा गोलको चित्र बनाइरहेका हुनेछन् । त्यही गोलको चित्र बारम्बार ‘ लगातार ‘ ।

जसले सन् १९७० मा मेरा लागि काम गर्रुयो । एउटा जादु जस्तै ‘(टिटे ब्राजिलियन राष्ट्रिय टिमका प्रशिक्षक हुन् । आफ्नो जीवन, फुटबल, ब्राजिल टिम र आउँदो विश्वकपमा रहेर उनले प्लेयर्स ट्रिब्युनमा खेलेको लेखको हामीले भावानुवाद गरेका हौँ ।)

  • १२ जेष्ठ २०७५, शनिबार १९:२४ प्रकाशित
  • Nabintech