१४ बैशाख २०८१, शुक्रबार
चितवनमा बर्डफ्लु देखियो, केही भागलाई संक्रमित क्षेत्र घोषणा
  • काँचुली खबर

चितवनमा बर्डफ्लु देखिएको पुष्टि भएको छ। पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नम्बर ९ मा दुई जना किसानको खोरमा रहेका कुखुराको नमुना परीक्षण गर्दा बर्डफ्लु ९एभिएन इन्फ्लुएन्जा एच फाइभ एन वान० भेटिएको हो। स्थानीय राजन चौधरी र लक्ष्मण चौधरीका करिब २५ सय कुखुरामा बर्डफ्लुको संक्रमण भएको पुष्टि भएपछि त्यस क्षेत्रमा क्षतिपूर्तिसहित कुखुरा नष्ट गर्ने काम सुरु गरिएको राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक डा दयाराम चापागाईले जानकारी दिए।
चौधरीद्वयको कुखुराको खोरमा बैसाख १५ गते कुखुरा मरेका थिए। मरेका कुखुराको नमुना परिक्षण गर्दा बर्डफ्लु भएको पुष्टि बिहीबार मात्रै भएको हो। बिहीबारको मन्त्रिस्तरको निर्णयपछि शुक्रबारदेखि फार्म र आसपासका क्षेत्रमा रहेका कुखुरा र हाँस मार्ने काम भइरहेको छ। दैवी प्रकोप ऐन अनुसार बर्डफ्लु पुष्टि भएको ठाउँको कुखुरा क्षतिपूर्तिसहित नष्ट गर्ने कानुनी व्यवस्था छ।

राजनको फार्ममा पालिएका एक हजार ५०० र लक्ष्मणको फार्ममा पालिएका एक हजार लेयर्स कुखुरा रोगले मर्न थालेपछि परीक्षणका लागि पठाइएको थियो। सँगै रहेका ती दुवै फार्मका सबै कुखुरा मरिसकेको चापागार्इंले बताए।

खोरमा रहेका कुखुरा धमाधम मर्न थालेपछि बैसाख १४ गते जाँचका लागि भरतपुरमा रहेको राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला ल्याइएको थियो। परीक्षणमा एच फाइव एन वान ९एभिएन इन्फ्लुएन्जा० नामक जीवाणु ९भाइरस० भेटिएको थियो। त्यसपछि केन्द्रीय प्रयोगशालामा परीक्षणका लागि नमुना पठाइएको थियो। केन्द्रीय प्रयोगशालाले बैसाख ३१ गते बर्डफ्लु प्रमाणित गरेर पठाएको थियो।

संक्रमित क्षेत्र घोषणा
खैरहनी–९ सुर्तनीको केही भागलाई संक्रमित क्षेत्र घोषणा गरिएको छ। उक्त क्षेत्रमा पक्षी तथा पक्षीजन्य पदार्थको ओसारपसारमा पनि रोक लगाइएको छ भने त्यस क्षेत्रमा रहेका पंक्षी सुरक्षितरुपमा नष्ट गरिएको छ।

यसैबीच पशु सेवा कार्यालयले कुखुराको खोर सफा गर्न अनुरोध गरेको छ। यो जीवाणु मानिसमा पनि सर्न सक्ने भएकाले सतर्कता अपनाउन सर्वसाधारणसमक्ष पनि कार्यालयले आग्रह गरेको छ।

यसअघि २०७० सालमा जिल्लामा बर्डफ्लु देखिएको थियो। सो समयमा बर्डफ्लुका कारण ठूलो संख्यामा कुखुरा मरेका थिए। नेपालको सीमा क्षेत्र भारतमा यस वर्ष पनि बर्डफ्लु देखापरेपछि नेपालमा उच्च सतर्कता अपनाइएको भए पनि बर्डफ्लु देखिएको हो।

कुखुराजन्य क्षेत्रमा नेपालमा रु ७० अर्बभन्दा बढी लगानी छ। जसमध्ये आधाभन्दा बढी लगानी चितवनमा छ।

बर्ड फ्लु भनेको एभियन इन्फ्लुएन्जा टाइप ए नामक सूक्ष्म भाइरसका कारण्ँ लाग्ने प्राणघातक रोग हो। यस प्रकारका भाइरसले अति छिट्टै आफ्नो वंशाणुगत स्वरुपमा परिवर्तन गर्नसक्ने क्षमता बोकेको हुन्छ। यस क्रममा शरीरका कोषसँग समायोजन भएर नयाँ किसिमका हानिकारक जीवाणू जन्मन्छ, जुन पंक्षीबाट मानिसमा सर्छ।

यसरी सर्छ बर्ड फ्लु
बर्ड फ्लु संक्रमित पंक्षीहरुको प्रत्यक्ष सम्पर्कमा आउँदा यो भाइरस स्वस्थ व्यक्तिको शरीरमा प्रवेश गर्छ। संक्रमित पंक्षीले १० दिनसम्म रोग सार्न सक्ने हुँदा पंक्षीहरु मारेर सुरक्षित ढंगले गाडिन्छ। रोगी पंक्षीको मासु, अण्डा, सुलीलगायत बाहिर निस्कने पदार्थबाट यो रोग सर्छ। मासु चालाउँदा वा खोरमा काम गर्दा पनि रोग सर्न सक्छ। बसाइ सर्ने चराको शरीरमा बर्ड फ्लुका जीवाणू सुरक्षित रहन्छन्। फिरन्ते चराको सम्पर्कबाट स्थानीय चरामा बर्ड फ्लु सर्ने गर्छ। बर्ड फ्लुका भाइरस एउटा मानिसबाट अर्को मानिसमा सरेको तथ्य भने हालसम्म भेटिएको छैन। मानिसमा यो रोग लागेमा मृत्यु हुने खतरा ६० प्रतिशत रहन्छ।

बर्ड फ्लुका लक्षण
बर्ड फ्लु संक्रमित पंक्षीहरु १० दिनपछि मर्न थाल्छन्। यस्ता पंक्षीको सम्पर्कमा आएका मानिसमा सुरुमा ज्वरो आउने, टाउको दुख्ने, रुघा लागेजस्तो हुने तर नाकबाट सिगान नबग्ने र सास फेर्न गाह्रो हुने लक्षण देखिन्छ।

कसरी बच्ने रु
– रोगग्रस्त प‌ंक्षीबाट जोगिनु नै उत्तम उपाय हो।
– कुखुरा लगायत पंक्षीको सम्पर्कमा आउँदा सावधानी अपनाउने।
– घरमा पालिएका पंक्षीमा लक्षण देखिए, तुरुन्त पशु स्वास्थ्य कार्यलयमा खबर गर्ने।
– कुखुरा, हाँस लगायत पंक्षीहरुको खोरमा काम गर्दा मास्क र पञ्जा लगाउने।
– संक्रमित कुखुरका अन्डा र मासु नखाने, दाना र सुली नछुने।

रासस

  • ५ जेष्ठ २०७५, शनिबार १३:५८ प्रकाशित
  • Nabintech