नेपाल पत्रकार महासंघ बाँकेले भोली सोमबार आफ्नो १२ औं साधारण सभा गर्ने भएको छ । महासंघको केन्द्रिय सर्कुलेसन अनुसार पुष १६ गते १२ औं साधारण सभा संचालन गरिने महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुले जानकारी दिए ।
नेपालगन्जस्थित कलपतरु होटलमा संचालन हुने भनिएको साधारण सभामा महासंघको प्रगति प्रतिवेदन समेत सार्वजनिक गरिने बताईएको छ ।
बिहान १०स्३० बजेबाट सुरु हुने कार्यक्रममा पत्रकार महासंघ नेपालका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्य र उपाध्यक्ष विपुल पोखरेल सहभागी हुने कार्यक्रम तय भएको थारुले जानकारी दिए । अध्यक्ष थारुले महासंघ बाँकेमा आवद्ध सम्पूर्ण सदस्यहरुलाई कार्यक्रममा सक्रिय सहभागीताकालागि आह्वान समेत गरेका छन ।
१५ पुष २०७५, आईतवार १८:०५ प्रकाशित