लिग लिडर लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनललाई पराजित गरेको छ । शनिबार राति लिभरपुलकै घरेलु मैदानमा भएको खेलमा आर्सनललाई ५–१ गोलअन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा रोबर्टो फिर्मिन्होले ह्याट्रिक गोल गरे । त्यस्तै, लिभरपुलका लागि मोहमद सलाह र साडियो मानेले पनि गोल गर्न सफल भए । यता, आर्सनलका लागि मैथल्यान्ड निल्सले गोल फर्काएका थिए ।
खेलको ११ औं मिनेटमा नै निल्सले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । तर आर्सनलले सुरुवाती गोल गरेपनि खेल सकिदासम्म लिभरपुलले पाँच गोल गर्न सफल भयो । खेलको १४ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरी दिलाएका थिए । खेलको १६औं मिनेटमा फिर्मिन्होले अर्को गोल गर्दै लिभरपुललाई २–१ गोलको अग्रता दिलाएका थिए । एकपछि अर्को गोल गर्ने क्रममा मानेले खेलको ३२ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई ३–१ को अग्रता दिलाएका थिए । लिभरपुलका सलाहले खेलको ४५ औं मिनेटमा गोल गरेपछि खेल ४–१ को स्थितिमा पुगेको थियो । पहिलो हाफमा नै चार गोल गरेको लिभरपुलले दोस्रो हाफमा भने थप एक गोल मात्रै गर्न सक्यो । लिभरपुलका लागि खेलको ६५ औं मिनेटमा फिर्मिन्होले पेनाल्टीबाट गोल गर्दै ह्याट्रिक पूरा गरे । उनकै ह्याट्रिक गोलमा लिभरपुलले आर्सनललाई ५–१ गोलअन्तरले पराजित गरेको हो । जितपछि लिभरपुलले २० खेलबाट ५४ अंक बनाएको छ । पराजित आर्सनलको भने २० खेलबाट ३८ अंक रहेको छ । दोस्रो स्थानमा रहेको टोटनह्यामको १९ खेलबाट ४५ अंक रहेको छ ।
१५ पुष २०७५, आईतवार ०७:४५ प्रकाशित