नयाँदिल्ली–नयाँदिल्लीमा एमबीबीएस अध्ययनरत सुरभी थापा युगाण्डा जान शुक्रबार बिहानै इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थल पुगिन् । भारतीय अध्यागमन अधिकारीहरुले उनलाई ‘नो अब्जेक्सन सर्टिफिकेट’ बिना उड्न नसक्ने भन्दै फर्काइदिए ।
जसोतसो नेपाली दूतावासबाट एनओसी बनाएर उनी सोमबार मध्यराती उनी कम्पाला उडिन् ।
भारतबाट तेस्रो मुलुक उड्न खोजिएका नेपालीलाई विमानस्थलबाट फर्काइएको यो पहिलो घटना होइन ।यसको मारमा अमेरिका, बेलायत, अस्ट्रेलियालगायतका मुलुक अध्ययन गर्न जाने विद्यार्थी समेत छन् । भारतका विमानस्थलबाट तेस्रो देश उड्दा काठमाडौंबाट भन्दा निकै सस्तो पर्छ । तर, एनओसीको झण्झटकै कारण अन्तिम समयमा थुप्रै नेपाली उड्नबाट बञ्चित भएका छन् । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
१५ पुष २०७५, आईतवार ०७:२६ प्रकाशित