नेपालगन्ज-दिल्ली मैत्री बस सेवाको सुभारम्भ गरिएको छ । शनिबार ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपालगन्ज-दिल्ली मैत्री बस सेवाको उद्घाटन गरेका हुुन । बस सेवाको उद्घाटनसँगै मुख्यमन्त्री पोखरेलले बसमा पहिलो पटक यात्रा गर्ने यात्रुहरुलाई फुलमाला र दोसल्ला ओढाएर बिदाई गरे ।
भेरी यातायात प्रालिले पहिलो पटक नेपालगन्जदेखि दिल्लीसम्मकालागी यात्रु बस संचालनमा ल्याएको हो । फुल मालाले सजाईएको सुबिधा सम्पन्न बसले शनिबार पहिलो पटक आफ्ना यात्रुसहित दिल्ली तर्फको यात्रा सुरु गरेको हो ।
बसलाई बिदाई गर्नुपुर्व मुख्यमन्त्री पोखरेलले नेपाल भारत सम्बन्धमा नयाँ ईट्टा थपिएको प्रतिक्रिया दिए । दुईपक्षिय ब्यापारका दृष्टिकोणले समेत नेपालगन्ज-दील्ली बस सेवा फलदायी हुने बताउँदै मुख्यमन्त्री पोखरेलले नेपालगन्ज आफ्नो देशको राजधानी काठमाण्डौं मात्र नभई छिमेकी देशको राजधानी दिल्लीसंग पनि नजिक भएको बताए । मुख्यमन्त्री पोखरेलले बस सेवा संचालन गर्नु र त्यसलाई निरन्तरता दिनु चुनौती विषय रहेको उल्लेख गर्दै सुरक्षित र भरपर्दो सेवा प्रदान गर्न भेरी यातायात प्रा.लि. लाई आग्रह गरे ।
मुख्यमन्त्री पोखरेलले नेपालगन्ज-दील्ली बस सेवा संचालन भएसँगै भारतबाट मानसरोवर यात्राकालागी आउन चाहने पर्यटकहरुलाई दिल्ली-काठमाण्डौं हुँदै नेपचालगन्ज आउनुपर्ने बाध्यता हट्नेमा आफु विश्वस्त रहेको बताए । प्रदेश सरकारले रेल तथा हवाई मार्ग मार्फत नेपालगन्ज-दिल्ली जोड्ने योजना मुख्यमन्त्री पोखरेलले दाबी समेत गरे ।
कार्यक्रमा बोल्दै नेपालस्थित भारतीय राजदुतावासका सहसचिव निरजकुमार जैसवालले नेपालगन्ज-दिल्ली बस सेवाले भारतीय पर्यटकहरुलाई नेपाल आउन थप सहज हुनेमा आफु विश्वस्त रहेको बताए । कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, नेपाल लोकतान्त्रिक व्यवसायी महासंघका महासचिव डेकनाथ गौतमले बस यात्राले दिल्ली र नेपालगन्जको दुरी घटाएको बताए । भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरीले सुविधा सम्पन्न र सुरक्षाका दृष्टिकोणले भरपर्दो सुविधा प्रदान गरिने भन्दै अबका दिनमा ई टिकट माध्यमबाट सर्बसाधारणहरुलाई टिक किन्ने व्यवस्था मिलाईने बताए ।
१४ पुष २०७५, शनिबार १८:५५ प्रकाशित