कोहलपुर – बाँकेको नेपालगन्जबाट कर्णाली प्रदेशको राजधानी सुर्खेत जाँदै गरेको बस कोहलपुरमा दुर्घटना भएको छ । आज बिहान कोहलपुर २ कौशिलानगरमा हाइसलाई होभरटेक गर्ने क्रममा भे १ ख २०४९ नम्बरको बस दुर्घटना हुँदा ३ जना यात्रु घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार घाइते हुनेमा ६५ बर्षीय चक्र बहादुर हमाल, ४१ बर्षीय अम्मर बहादुर थापा र ३५ बर्षीय सबिता थापा रहेका छन्। घाइतेहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ भने बस चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
१३ पुष २०७५, शुक्रबार १५:०६ प्रकाशित