कोहलपुर – इलाका प्रहरी कार्यालय काहलपुरले शुक्रबार दिउसो १२ बजेको समयमा लागु औषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालयबाट खटिएको बिशेष टोलिले कोहलपुर नगरपालिका वडा नं. १० बसपार्कबाट दुई जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मान बहादुर बि.सीले जानकारी दिए । पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ का सदाब खान र सहिद खाँन रहेको बिसीले जानकारी दिएका छन । पक्राउ परेका ब्यक्तिहरुलाई लागु औषध बिक्रेता भएको हुन सक्ने भन्दै थप अनुसन्धान भैरहेको समेत प्रहरीले जनाएको छ । उनिहरुको साथबाट ८ ग्राम ७५० मिलीग्राम ब्राउन सुगर फेला परेको थियो । इलाका प्रहरी कार्यालयले पछिल्लो समय लागु औषध नियन्त्रणका लागि बिबिध कार्यक्रमहरु संचालन गरे पश्चात लागु औषधकर्ता र बिक्रेताहरु नियन्त्रणमा आउन लागेको प्रहरीको भनाई रहेको छ ।
१३ पुष २०७५, शुक्रबार १४:५४ प्रकाशित