नेविसंघको ईकाई सभापतिमा पाण्डे चयन
  • काँचुली खबर

नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको ईकाइ सभापतिमा राम प्रसाद पाण्डे सर्वसम्मत चयन भएका छन् । नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पसमा अध्यनरत नेविसंघसँग आवद्द विद्यार्थीहरुको भेलाले पाण्डेको सभापतित्वमा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । जसको वरिष्ठ उपाध्याक्षमा डिल्ली रावल, उपाध्यक्षमा शक्ति शाही, मदन बिसी, रामराज मल्ल, सम्झना शाह र सिता आचार्य सर्वसम्मम चयन भएकी छिन् भने सचिवमा उपेन्द्र विष्ट, सहसचिवमा प्रवित्रा शाही, कोषाध्याक्षमा पार्वती रेग्मी, सहकोषाध्यक्षमा नेत्र विष्ठ चयन भएको छन् । त्यस्तै सदस्यहरुमा राजन प्रसाद पोरखेल, मिना आचार्य, प्रताव शर्मा, रञ्जिता केसी, कमला थापा मगर र टिका डाँगि रहेकी छिन् ।

त्यस अघि उद्घाटन सत्रमा बोल्दै नेपाल विद्यार्थी संघ बाँकेका अध्यक्ष पूर्ण आचार्यले नेपालको लोकतन्त्रीक आन्दोलनमा नेविसंघले महत्वपूर्ण भूमिका खेलेको बताउँदै नेपाल विद्यार्थी संघको लामो ईतिहास बचाउन सबै लाग्नुपर्नेमा जोड दिएका छन् । त्यस्तै कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघका नेता यज्ञ बहादुर महराले तानाशाहका विरुद्धमा नेविसंघले ठुलो त्याग गरेको बताउँदै नेविसंघको नीति विधि र प्रविधिमा रहेर सबैले काम गर्नुपर्नेमा जोड दिएका छन् ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

कार्यक्रममा बोल्दै नेपाल विद्यार्थीै संघ क्षेत्र नं. ३ का सभापति आशिष काफ्लेले नेविसंघको संगठन विस्तार गरी नेपाली काँग्रेसको विचारलाई जनता समक्ष लिनुपर्ने बताए । नेपाल विद्यार्थी संघ बाँके क्षेत्र नं. १ का सभापति टिकाराम आचार्यको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेविसंघका नेता कमल बहादुर शाही, हर्षबन्दन चौधरी लगायत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

  • १२ पुष २०७५, बिहीबार १७:४६ प्रकाशित
  • Nabintech