१३ बैशाख २०८१, बिहीबार
मेलम्चीका सबै प्राविधिकले नेपाल छाडे
  • काँचुली खबर

काठमाडौं– मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणमा संलग्न इटालीयन कम्पनीमा कार्यरत सबै प्राविधिक स्वदेश फर्किएका छन् ।

आजको नयाँ पत्रिका दैनिक लेख्छ–अध्यागमन विभागका अनुसार ६ जना सोमबार र २१ जना त्यसअघि नै फर्किएका हुन् । खानेपानी तथा सरसफाई मन्त्रालयले ६ पुसमा अध्यागमनलाई पत्राचार गर्दै कम्पनीका कर्मचारीलाई स्वदेश फिर्तामा रोक नलगाउन निर्देशन दिएको थियो । त्यसअघि १ पुसमा भने फिर्तीमा रोक लगाउन पत्राचार गरिएको थियो । ठेकेदार कम्पनीका कुनैपनि प्राविधिक सुरुङ निर्माणस्थलमा नभएपछि अहिले मेलम्चीको काम ठप्प छ ।

  • १२ पुष २०७५, बिहीबार ०७:३४ प्रकाशित
  • Nabintech