नेपालगन्ज – राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव विष्टले बुधबार नेपालगञ्ज रङ्गशाला भित्र सचिवालय उद्घाटन गरेकाछन । उद्घाटन पछि पत्रकारहरुसंग कुरा गर्दै सचिवले आठौँ राष्ट्रिय खेलकुद केहि समय तलमाथि हुदैमा केहि फरक नपर्ने बताएका छन । बिष्टले भने हजारौँ खेलाडीहरुको भबिष्यसंग सरोकार राख्ने प्रतियोगिता भएको हुदा समयमानै गर्नका लागि केन्द्र देखि क्षेत्रिय समिती लागपिरेको पनि उनले बताए । प्रतियोगिता यहि माघ २५ देखि फागुन ३ गते सम्म तोकिएको छ । यसअघि मंसिरबाट माघमा सरेको हो । प्रतियोगिताको उद्घाटनस्थल नेपालगञ्जस्थित रङ्गशाला निर्माणको कार्यमा ढिलाई भएका कारण प्रतियोगिताको मिति केही दिन पछि सर्न सक्ने सदस्य सचिव विष्टको भनाई छ । बेलझुन्डी रंगशाला र नेपालगन्ज रंगशाला बाहेक अरुको ८० प्रतिशत काम सकिएको बिष्टले बताउनु भयो । रङ्गशालाको प्याराफिट मलेसियाबाट ल्याएर जडान गरिदैंछ । एक सातामा हुनुपर्ने एलसी एक महिनापछि भएका कारण मलेसियन कम्पनीले १५ दिन थप समय माग गरेको छ ।
सदस्य सचिव विष्टले एलसीमा भएको ढिलाईका लागि जरिवाना भएपनि तिरेर सम्झौता अनुसारकै समयभित्र सामान ल्याउन लागिपरेका तर तर मलेसियन कम्पनीले दिन नसकेमा भने १५–२० दिन सर्न सक्ने बताए ।
प्रदेश खेलकुद विकास समितिका अध्यक्ष भिम वलीले सचिवालय उद्घाटन भएपछि ८ औं राष्ट्रिय खेलकुदको सुनिश्चितता भएको भन्दै खुशी ब्यक्त गरे । अध्यक्ष वलीले प्रतियोगिताका लागि सबै तह र तप्काका कर्मचारीहरु लागि परेको समेत बताए ।
११ पुष २०७५, बुधबार १४:४६ प्रकाशित