बर्दिया – चर्चित थारु मोडल विबश चौधरीले बैशा खोज्न बर्दियाको बढैयातालमा पुगेपछि हंगामा मच्चिएको छ । चारैतिर ताल वरिपरि सडक सडकको छेउमा पिकनिक स्पर्ट । स्पर्ट भित्र झुमेर बसेका मान्छेको भिड । तालको रमणिय दृश्य मान्छेको भिड उत्तिकै । पिकनिक खाने ठाउँमा मान्छेहरुको भिडभाड उत्तिकै देखिन्थ्यो सायद मोडल विवश र मोडेल श्रीदेवीको फरक पहिरनको दृश्य देखेर पनि होला । फरक पहिरनमा मोडल विवश पिकनिक स्पर्टकै विचमा उभिएका थिए । छेउमा उभिएकी एकजना केटीलाई जिस्काउदै विवशले भने यस्तो फुल जस्तो बैशा कस्को लागि सजाएर राखेको नानी । छेउमा उभिएको नानी चुपचाप लागिरहे बोल्न हिम्मतै गरेनन् । फेरी मोडल विवशले भने एक पटक ओकेमात्र भन्देउ यो ज्यान हजुरकै लागि सुम्पिने छु । मुस्कुराउदै नानीले भनिन केटाहरु आउँछन मसंग बोल्नलाई बैशा कस्को लागि हो भन्छन आखिर ममा रहेका छ के ? विवशले विस्तारै भने यति राम्री सुन्दरी पहिरन र जिउडाल सव मिलेकै हुनाले केटाहरु जिस्काउनु पनि स्वाभाविक नै थाने । चिटिक्क परेकी ति केटी एकछिन पछि बैशा हजुरकै लागि हो भनेपछि मोडल विवशले हात समातेर अंगालोमा बेरे अनि फेरी भने यो बैशा पनि हजुरकै लागि हो । एक छिनपछि कटकटको आवाज आयो र वरिपरी बसेका मानिस दंग परे । यो नाटक हो कि के हो गुनगुनाउन थाले र एक जना पछि बसेका युवाले भने यो थारु म्युजिक भिडियोको सुटिङग हुदैछ भनेपछि बल्ल त्यस ठाउँमा जम्मा भएका मानिसहरुले थाहा पाए । यो थियो थारु गायक लक्ष्मण चौधरी र गायीका श्रीदेवी चौधरीको स्वरमा रहेको बैशा तोहार फुला असक फुलल बा, बैसा केकर लाग हो । एक चो हा केलाग कैदेहो यी जिउ ज्यान तोहार लाग हो बोलको म्युजिक भिडियोको सुटिङ थियो । बैशा तोहार फुला अस फुलल बा, उह बैशामा दुनिया भुलल बा बोलको गितमा कोरियोग्राफर सुधराम दहित, क्यामरामा सतिश सिन्हा, क्यामरा सहयोगी सुरज चौधरी, सिङगारमा सन्ध्या योगी, यातायात सहयोगी मुन थारु रहनुभएको छ भने कोरसमा सुनिता, दिलकुमारी, सान्नी, सपना, तुलसा, मनिसा, आसा, अमिता र विज्जु रहेका छन् । गायक लक्ष्मण र श्रीदेवीको दोश्रो गित हो भने गायीका श्रीदेवीले आफै मोडलिङग गरेका छन् । गितको सुटिङग सुर्खेतको नयाँ गाउँ होमस्टे, भेरी पुल र बर्दियाको बढैया तालमा सुटिङग गरिएको छ । यस लगत्तै तोहार दिल बोलको गितमा सुटिङ गर्नुपर्ने रहेको मोडल विवश चौधरीले बताउनुभयो । मोडल विवशले हालसम्म सय बढि गितको बोलमा म्युजिक भिडियो खेलिसकेका छन् ।
११ पुष २०७५, बुधबार १४:२९ प्रकाशित