अबैध रुपमा भित्राउँदै गरेको कपडा बरामद
  • काँचुली खबर

वडा प्रहरी कार्यालय नेपालगन्जले भारतबाट अबैध रुपमा नेपाल भित्राउँदै गरेको कपडा बरामद गरेको छ । आइतबार दिउसो करिब २ बजे वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको अधारमा अबैध रुपमा ल्याएको कपडा बरामद गरेको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ स्थित वुद्धचोकमा भन्सार छली अबैध रुपमा भित्राउँदै गरेका ४२ थान दरी र १२४ थान तन्ना बरामद गरेको वडा प्रहरी कार्यालय नेपालगन्जले जनाएको छ । आईतबार नै नेपालगन्ज वडा नं। २ घरवारी टोलमा भारतवाट अवैध रुपमा ल्याईरहेको पछ्यौरा १ सय ३० थान र अबैध सामान ओसारपसारमा संलग्न जव्वार शेषलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीकालागी नेपालगंज भन्सार कार्यालयमा पठाईएको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक नारायण डाँगीले बताए ।

  • ९ पुष २०७५, सोमबार १४:१४ प्रकाशित
  • Nabintech