पूर्व प्राथमिक तहका शिक्षकहरुका लागि एक दिने पुनताजकिय कार्यशाला सम्पन्न भएको छ । कोहलपुर क्षेत्रका संस्थागत विद्यालयको छाता संगठन क्रिसाको आयोजना र अभ्यान नेपालको सहयोगमा सम्पन्न भएको सो कार्यशालामा क्रिसामा आवद्ध विद्यालयका पूर्व प्राथमिक तहका शिक्षिकाहरुको सहभागिता रहेको छ ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका सामाजिक विकास समितिकी संयोजक नारायणी वलीले शैक्षिक विकासमा नीजि विद्यालयको महत्पूर्ण योगदान रहेको बताउँदै राज्यले आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिईन् । साथै उनले बालबालिकाको मनोविज्ञान बुझेर शिक्षण गर्नका लागि यस्ता तालिमहरु उपलब्धी मुलक हुने बताउँदै तालिममा सिकेको कुरा बालकेन्द्रीत विधिबाट शिक्षण सिकाई क्रियाकलाप गर्न सकिने बताईन् । त्यस्तै उनले सरकारले सरकारी स्कुलका शिक्षकलाई मात्र तालिम दिने गरेको भन्दै अब देखि सरकारी र नीजि स्कुलका शिक्षकहरुलाई संयुक्त रुपमा तालिम दिँदा शिक्षामा एकरुपता आउन सक्ने बताईन् । बालबालिकाको बहुआयामिक विकासका लागि पूर्व प्राथमिक तहका शिक्षकहरुलाई नयाँ र आधुनिक शिक्षण विधि थाहा हुन जरुरी रहेकोमा जोड दिँदै बालबालिकाले पूर्वप्राथमिक तहमा सिकेको ज्ञानले जीवनलाई सहि बाटो तिर लाग्न सक्नेमा जोड दिईन् ।
कार्यक्रममा बोल्दै क्रिसा बाँकेका अध्यक्ष दिनेश सिग्देलले पूर्वप्राथमिक तहका सिकेको कुरा जीवनमा त्यसको प्रभाव पर्ने भएकाले बालबालिकाहरुलाई असल नागरिक बनाउनका लागि क्रिसाले प्रत्येक वर्ष यस्ता तालिमहरु दिँई रहेको बताए । साथै उनले कक्षा व्यवस्थापन कसरी गर्ने, शिक्षण विधि कुन अपनाउने, बालबालिकाहरुलाई कसरी शिक्षण तर्फ केन्द्रीत जस्ता कुराहरु तालिममा सिकाईने भन्दै तालिममा सिकेको कुराहरु व्यवहारमा लाग्नु गर्न तालिममा सहभागित शिक्षिकाहरुलाई अनुरोध गरेका छन् । कार्यक्रममा बोल्दै क्रिसाका सचिव शिव डाँगिले राज्यले नीति विद्यालयका शिक्षकहरुलाई कुनै पनि सहयोग गरेको भन्दै स्थानिय सरकारले नीजि विद्यालयका शिक्षकहरुको पढाउने कलाको विकास गर्न नीति लिन सुझाव समेत दिएका छन् ।
तालिममा अभ्यास नेपालकी सुमि राई र भागवती सिंहले सहजीकरण गरेकी थिईन् भने तालिममा क्रिसामा आवद्ध पूर्वप्राथमिक तहकी शिक्षिकाहरुको सहभागिता रहेको थियो ।
९ पुष २०७५, सोमबार १३:३७ प्रकाशित