काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्यामले उत्कृष्ट प्रदर्शन गरेको छ । अवे मैदानमा भएको खेलमा टोटनह्यामले एभर्टनलाई ६–२ ले हरायो । टोटनह्यामले एभर्टनविरुद्ध ६ गोल गरेको छ । एभर्टनको पोस्टमा आधा दर्जन गोल गर्ने क्रममा टोटनह्यामका सन हेङ्ग–मिन र ह्यारी केनले दुई–दुई गोल गरे । यस्तै डेल अली र क्रिष्टियन एरिक्सनले एक–एक गोल गरेका हुन् । ब्म्ख्भ्च्त्क्ष्क्भ्ःभ्ल्त् जितपछि तेस्रो स्थानको टोटनह्यामले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी दुईमा झारेका छ । टोटनह्यामको १८ खेलबाट ४२ तथा म्यानचेस्टर सिटीको ४४ अंक छ । शीर्षस्थानमा रहेको लिभरपुलको ४८ अंक छ ।
९ पुष २०७५, सोमबार ०८:०१ प्रकाशित