बिद्यार्थीद्धारा बिष सेवन गरि आत्महत्या
  • काँचुली खबर

मुक्ति माध्यमिक विद्यालय रातामाटा कक्षा १० मा अध्ययनरत सिता खड्काले आत्महत्या गरेकी छिन् ।
प्यूठान नगरपालिका ४ जुम्री निवासी १८ वर्षिय खड्काको जिल्ला अस्पताल विजुवारमा उपचारका क्रममा आइतवार बिहान मृत्यु भएको हो । शुक्रबार बिष सेवन गरेपछि उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । शनिवार डिस्चार्ज गरे पनि सुधार आउन नसक्दा आइतवार बिहान पुनः अस्पताल पुर्याएको प्रहरी स्रोतले जनाएको छ । उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले बताए ।
विद्यार्थी खड्काले आत्महत्या गर्नुको कारण बारे अनुसन्धान भइरहेको बुढाथोकीको भनाइ छ । केही समय अगाडि प्यूठान नगरपालिका २ क्वाडी निवासी २० वर्षे सरोज विष्टसँग प्रेम विबाह गरेर माइती घरमै बसी अध्ययन गर्दै आएको पारिवारिक स्रोतले जनाएको छ । मुक्ति मा.वि. रातामाटाका प्रध्यानाध्यापक योगेन्द्र जिसीले कक्षा ८ सम्म पठनपाठनमा राम्रै विद्यार्थी भएको भएता पनि पछिल्लो समय अलि बढि तनावमा देखिने गरेको बताए ।

  • ८ पुष २०७५, आईतवार १९:५० प्रकाशित
  • Nabintech