सुशासन, पारदर्शिता र जवाफदेहिताकालागि डुडुवा गाउँपालिकाका ६ वटै वडामा स्थानीय सभा गठन गरि नागरिक समाजको भुमिकालाई थप सशक्त बनाईने भएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको आयोजनामा आईतबार डुडुवा गाउँपालिकाका जनप्रतिनीधि र नागरिक समाज बिच बृहत छलफल भएको छलफलमा उक्त कुरा बताईएको हो ।
छलफलमा सहभागी नागरिकहरुले डुडुवा गाउँपालिकामा रहेका प्रत्येक विद्यालयमा सूचना अधिकारीको ब्यवस्था गरिएको हुुनु पर्ने, प्रत्येक विद्यालयमा स्पष्ट देखिने नागरिक वडा पत्रको प्रदर्शन गरिएको हुनु पर्ने, प्रत्येक विद्यालयले त्रैमासिक रुपमा सूचनाहरु (ऐनले तोके अनुसार) सार्वजनिक गरिनु पर्ने भन्दै नागरिक समाजको तर्फबाट अनुरोध पत्र समेत पेश गरीएको छ ।
त्यसै गरि डुडुवा गाउँपालिका तथा डुडुवा गाउँपालिकाका क्षेत्रमा कार्यरत बिभिन्न नागरिक समाज, संस्था वीच विगतका बर्षदेखि नै पालिका क्षेत्रको समग्र विकासकालागि सहकार्य गर्ने उद्धेश्यले डुडुवा गाउँपालिकाको योजना निर्माण प्रकृया, कार्यान्वयन तथा अनुगमन र मुल्यांकनलाई अझ बढि सहभागितामुलक, पारदर्शी र जवाफदेही बनाउने उदेश्यले ६ बुंदे प्रतिवद्धता जारी गरिएको छ । गाउँपालिकाको तर्फबाट अध्यक्ष नरेन्द्र कुुमार चौधरी, उपाध्यक्ष साहिदा बानो र नागरिक समाजको तर्फबाट हरि बहादुर रेउलेले सुशासन प्रवद्र्धन गर्न ६ बुंदे प्रतिवद्धता जनाउदै प्रेस विज्ञप्ती जारी गरेका हुन ।
८ पुष २०७५, आईतवार १८:५७ प्रकाशित