फिफा क्लब वर्ल्ड कपमा रियल मड्रिडको ह्याट्रिक
  • काँचुली खबर

काठमाडौं ।- स्पेनीस क्लaब रियल मड्रिडले फिफा क्लब वर्ल्ड कपको उपाधि लगातार तेस्रो पटक जितेको छ । शनिबार राति भएको खेलमा युएईको क्लब अल एइनलाई ४-१ ले हराउँदै रियलले उपाधिमा ह्याट्रिक गरेको हो ।

लगातार तीन सिजन च्याम्पियन्स लिगको उपाधि जितेको रियलले क्लब वर्ल्ड कपको पनि उपाधि जित्न सफल भयो । समग्रमा चौथो पटक उपाधि जित्ने क्रममा रियलका लागि लुका मोड्रिक, मार्कस लोरेन्टे र सर्जियो रामोसले गोल गरे । मोड्रिकले १४ औं मिनेटमा गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा थप गोल हुन सकेन ।  दोस्रो हाफमा ६० औं मिनेटमा मार्कस लोरेन्टेले र ७८ औं मिनेटमा सर्जियो रामोसले एक(एक गोल गरे । ८६ औं मिनेटमा शिओतानीले अल एइनका लागि एक गोल फर्काए । इन्जुरी समयको पहिलो मिनेटमा अल एइनका नादरले आत्मघाती गोल गरेपछि रियल मड्रिड ४(१ ले विजयी भयो ।

विश्व फुटबलको प्रशासकीय निकाय फिफाले हरेक वर्ष महादेशीय विजेता क्लबहरुबीच ‘फिफा क्लब वर्ल्ड कप’ आयोजना गर्दै आएको छ ।

  • ८ पुष २०७५, आईतवार ०७:४७ प्रकाशित
  • Nabintech