यहि पौष २६ देखि माघ ८ गतेसम्म नेपालगन्ज कृषि पर्यटन व्यापार तथा बृहत सांस्कृतिक महोत्सव २०७५ संचालन हुने भएको छ । नेपालगन्जको कारकाँदो चोक नजिकै रहेको ३ विगाहा मैदानमा महोत्सव संचालन गरिने आयोजक एजी सर्भिस प्रा.लि. ले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । महोत्सवमा नेपाली गित संगित, कला सांस्कृतिक, भाषा पर्यटन, अध्ययन अनुसन्धान अभिलेखिकरण, आन्तरिक तथा कृषि सम्बन्धि कार्यलाई अगाडी बढाई देशमा रहेका वेरोजगार युवाहरुलाई रोजगार दिने मुल उद्देश्यका साथ कृषि व्यवसायहरु संचालन गर्ने साथमा अव्यवस्थित रुपमा रहेका उत्पादनशिल जमिनलाई उपयोगमा ल्याई अर्गानिक कृषि बस्तु उत्पादन गरिने महोत्सवको मुख्य उद्देश्य रहेको आयोजक टिमका संयोजक नन्द बहादुर बुढाले जानकारी दिए ।
महोत्सवमा राष्ट्रिय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहने बताईएको छ । महोत्सवमा सहभागी हुन विराज भट्ट, निखिल उप्रेती, ज्योति मगर, चन्द्र शर्मा, सम्झना लामिछाने, यश कुमार, शान्ति श्रि परियार, दुर्गेश थापा, टंक तिमिल्सिना, सरस्वती लामा, गोपाल नेपाल जिएम, प्रमोद खरेल, करिश्मा ढकाल, अन्जली अधिकारी लगायतका कलाकारहरु नेपालगन्ज आउने भएका छन ।
पत्रकार सम्मेलनमा बोल्दै महोत्सव टिमका संयोजक बुढाले सर्वसाधारणकालागि ५० रुपैयाँ र विद्यार्थीका लागि ४० रुपैयाँ टिकट दर कायम गरिएको जानकारी दिए । ३ सय बढि स्टल रहने उक्त महोत्सवमा ६० लाख बढि खर्चको अनुमान गरिएको संयोजक बुढाले बर्ता । महोत्सव अवधिभर १ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य आयोजकले राखेको छ ।
७ पुष २०७५, शनिबार १९:२१ प्रकाशित