कौडिण्य गोत्रिय आचार्य बन्धुहरुको कुलपुजा सम्पन्न
  • काँचुली खबर

कौडिण्य गोत्रिय आचार्य बन्धुहरुको कुलपुजा सम्पन्न भएको छ । बाँकेको कोहलपुरमा शनिबार भेला भएका आचार्य बन्धुहरुले हरेक वर्षझैं यस वर्षपनि आफ्नो कुलपुजा गरेका हुन ।
सल्यानबाट तराई जिल्लामा बसाई सराई गरी आएका कौडिण्य गोत्रिहरुले संयुक्त रुपमा कुल देवताको पुजा गरेको मुख्य पुजारी प्रतापराज शर्माले जानकारी दिए । सल्यानबाट बिभिन्न जिल्लामा बसाईसराई गरी आएका कौडिण्य गोत्रियहरुले बाँकेको कोहलपुरमा कुलदेवताको मठ स्थापना गरी नियमिति रुपमा कुलदेवताको पुजा गर्दै आएका छन ।

कुलदेवता पूजा अथवा देवाली पूजा भनेको आफ्नो कुल देवतालाई खुसि बनाउनको लागि गरिने संस्कार हो । कतै कतै कुल देवतालाई कुलायन पनि भनिन्छ । जाति अनुसारको कुलको नाम फरक फरक हुने भएकाले कुलको पूजा गर्ने तरिका पनि फरक फरक हुन्छ। कुल देवता अथवा कुलायन भन्नाले कुल अथवा वंशमा पूजा गरिने देवता हो । प्रत्यक वंशको आफ्नै कुल देवता हुन्छ ।

कुल देवताको पूजा गर्नाले अगती परेका पृतीहरूले मोक्ष पाउने र कुलको उद्धार हुने विश्वस गरिन्छ । सबै वंशहरूको आफ्नो आफ्नो कुलायन अथवा कुल देवता हुन्छन् । कतिपयले कुलायनको पूजा गर्दा जिवबली दिएर पूजा गरेको देखिन्छ ।

  • ७ पुष २०७५, शनिबार १८:१९ प्रकाशित
  • Nabintech