कोहलपुरमा रहेका संस्थागत विद्यालयको छाता संगठन क्रिसाको १० औं क्रिसा रनिङ्ग खेलकुद प्रतियोगिता भोलि शनिबारबाट सुरु हुने भएको छ । पौष ७ गतेदेखि ९ गते सम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन भूमि व्यवस्थापन तथा कृषि सहकारी मन्त्री आरती पौडेलले गर्ने क्रिसाका अध्यक्ष दिनेश सिग्देलले जानकारी दिए ।
प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष सिग्देलले प्रतियोगितामा मावि र आधारभूत तहका छात्र-छात्राहरुले भलिबल र एथलेस्टिक तर्फका खेलहरुमा प्रतिस्प्रधा गर्ने बताए । क्रिसामा आवद्व ३५ वटा विद्यालयका एक हजार विद्यार्थीले सहभागिता जनाउने उक्त प्रतियोगितामा भलिबल तर्फ २१ छात्रा र १९ वटा छात्रको टिमले सहभागि जनाउने बताईएको छ ।
कोहलपुर न्यूरोडस्थित सहिद खुल्ला मैदानमा बिहान १० बजेबाट सञ्चालन हुने प्रतियोगितामा करिब ७ लाख बराबार खर्च हुने क्रिसाका सचिव शिव डाँगिले जानकारी दिए । प्रतियोगितामा सहभागी हुन ईच्छुक खेलाडीहरुकालागि आधारभूत तहका २०६१ साल र मावि तहका २०५९ सालमा जन्मीएको हुनुपर्ने प्रावधान काकयम गरीएको सचिव डाँगीले जानकारी दिए । डाँगीका अनुसार ष्प्रतियोगितालाई भब्य रुपमा सम्पन्न गर्न क्रिसामा आवद्व विद्यालयको पठन पाठन पौष ८ र ९ गते बन्द गरिने छ ।
६ पुष २०७५, शुक्रबार १८:१६ प्रकाशित