साउदीमा ज्यान गुमाएका बेदनिधि चापागाईको शव नेपाल ल्याईयो
  • काँचुली खबर

बैदेशीक रोजगारका क्रममा साउदीमा ज्यान गुमाएका बाँकेका बेदनिधि चापागाईको शव नेपाल ल्याईएको छ । राप्तीसोनारी गाउँपालिका-१ बैरियाका चापागाईको मृत्यु भएको २० दिनपछि उनको शव नेपाल झिकाईएको हो । नेपाली दुतावास मार्फत बुधबार चापाईगाको शव त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा झारिएको हो । चापागाईको शवलाई बिहिबार गृह जिल्ला ल्याउने तयारी गरिएको परिवार स्रोतले जनाएको छ ।
अत्यधिक टाउको दुखेर अचेत भएपछि चापागाईलाई अस्पताल भर्ना गरिएको थियो । ३२ वर्षीय चापागाईको ब्रेन हेमोरेजका कारण मृत्यु भएको बताईएको थियो । स्वर्गिय चापागाईकी श्रीमती, १ छोरा र १ छोरी रहेका छन ।

  • ४ पुष २०७५, बुधबार १९:४५ प्रकाशित
  • Nabintech