अटो चालकसँग हप्ता असुल्ने ६ जना पक्राउ
  • काँचुली खबर

छोटो दुरीका यात्रु ओसारपसार गरि विद्युतिय अटोरिक्साले पछिल्लो समय राम्रै आम्दानी गरिरहेका छन । प्रविधीको विकाससँगै नयाँ अटो किनेर चलाउनेहरुको संख्या पनि थपिदै गएको छ । तर केहि व्यक्तिहरुले अटोको रुट निर्धारण गरि अटोमा सिन्डिकेट लगाउने तथा नयाँ अटोसंग अवैध रकम असुल्ने र पैसा नदिए अटो तोडफोड गर्ने सम्मको काम भइरहेको सार्वजनिक भएको छ । अटो चालकहरुबाट २ बर्षदेखि निरन्तर रुपमा ५ देखि १० हजार रुपैयाँ रकम उठाउदै आएका बढैयाताल गाउँपालिकाका ६ जनालाई प्रहरीले पक्राउ गरेसंगै अटोमा सिन्डिकेट लगाउने बहानामा संगठित ठगी भइरहेको सार्वजनिक भएको हो ।
बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर २ निवासी २६ वर्षीय अटोरिक्सा व्यावसायी रामबहादुर सुनारले दिएको उजुरीका आधारमा रकम असुल्ने समूहलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार बढैयाताल गाउँपालिका वडा नं. २ सितापुरका ५२ वर्षीय रिमबहादु महतरा, वडा नं. ३ का ४० वर्षीय कुमार बराल, ४८ वर्षीय रामबहादुर क्षेत्री, ३१ वर्षीय काविजय मगर, ३७ वर्षीय सोमबहादुर पाण्डे र ३४ वर्षीय अमरबहादुर थापा पक्राउ परेका छन ।
उक्त समुहले भोलागौडी-सितापुर सडकखण्डमा अटोरिक्सा चलाएबापत १० हजार रुपैयाँ नदिए रिक्सा तोडफोड गर्ने, ज्यान मार्नेसम्मको धम्की दिने गरेको उजुरीका अधारमा प्रहरीले ६ जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको जनाएको छ ।

  • ३ पुष २०७५, मंगलवार १७:२८ प्रकाशित
  • Nabintech