अँग्रेजी नयाँ बर्षमा म्युजिक फेस्टिवल गरीने
  • काँचुली खबर

अँग्रेजी नयाँ बर्ष २०१९ को अवसर पारेर नेपालगन्जमा ‘म्युजिक फेस्टिवल’ को आयोजना गरिने भएको छ । मंगलबार नेपालगन्जमा पत्रकार भेटघाट मार्फत आयोजकले सो को जानकारी गराएको हो ।

आयोजक मध्यको बलामी फिल्म इन्टरटेन्ट्मेन्टका समीर बलामीले बाकेको गनापुर स्थित नमस्ते भिलेज रिसोर्टमा ३१ डिसेम्बर (पौष १६) गते बेलुका राष्ट्रिय कलाकारहरुको उपस्थितिमा उक्त म्युजिक फेस्टिवल गरिन लागेको बताए ।

जनवरी १ लाई राष्ट्रिय ढाका टोपी दिवशको रुपमा मनाउने चलन रहेकोले सो कार्यक्रममा पनि सबै दर्शकलाई ढाका टोपी अनिवार्य गरिएको उनले बताए । कार्यक्रममा पाँच देखी दस हजार सम्म दर्शकको उपस्थिति गराउने लक्ष्य रहेको पनि उनले जानकारी दिए ।

उक्त कार्यक्रममा सहभागी हुन कलाकारहरु राजेश पायल राई, कमल खत्री, सन्दिप क्षेत्री, सुरज थापा, सुजता पाण्डे र नरेश भट्टराई नेपालगन्ज आउन लागेको लागेको उनले बताए ।

कार्यक्रममा प्रबेशका लागि विद्यार्थीका लागि ५ सय, साधारणका लागि १ हजार र भिआईपीका लागि २ हजार दरका टिकट काट्नु पर्ने आयोजकले जनाएको छ ।

  • ३ पुष २०७५, मंगलवार १६:५४ प्रकाशित
  • Nabintech