हुलाकी सडकको बाँके खण्ड कालोपत्रे सुरु
  • काँचुली खबर

गौरवको योजनाका रुपमा हेरिएको हुलाकी सडक कालोपत्रे गर्न सुरु गरिएको छ । बाँकेको पुरैनीबाट कालोपत्रे सुरु गरेको निर्माण कम्पनी गणपति ग्रुप अफ कन्स्ट्रक्सनले जानकारी दिएको छ । नेपालगन्जको पुष्पलाल चोक देखि कटकुईंया गाबिसको सुईयासम्म ४४ दशमलव ६ किलोमिटर रहेको हुलाकी सडकको बाँके खण्ड निर्माणका लागि २०७३ फाल्गुन ४ गते सम्झौता भई काम अगाडि बढेको थियो । पप्पु लुम्बिनी जेभीको नाममा ठेक्का सम्झौता भएपनि फिल्डमा भने गणपतिले काम गरिरहेको छ । ३० महिनामा उक्त सडक खण्ड पूरा गर्ने गरी निर्माण सम्झौता भएको छ ।
‘पहिलो दिन डेढ किलोमिटर कालोपत्रे गरिएको छ’, कम्पनीका प्रमुख तुलसीराम भण्डारीले भने, ‘बाधा, अवरोध नहुने हो भने निर्धारित समय अगावै काम सक्ने लक्ष्य लिएका छौं ।’
राप्ती सोनारी गाउँपालिका वडा नं. ७ फत्तेपुरबाट दुवै तर्फ निर्माण सुरु गरेको गणपतिले गतबर्ष जेठदेखि भुक्तानी पाउन नसकेको जानकारी दिएको छ । ‘१० करोड जति भुक्तानी रोकिएको छ’, कम्पनीका प्रमुख तुलसीराम भण्डारीले भने, ‘कुनै पनि कारणले काम रोक्नु परेमा प्रयोग गरिएका जनशक्ति, प्रविधि अन्त लग्नु पर्नेछ, यसले समयमै काम गर्न समस्या हुने भएकाले कम्पनीको लगानीले भ्याएसम्म काम जारी राख्ने छौं ।’
हुलाकी सडक निर्माण सम्पन्न गर्न समय सीमा अब आठ महिना बाँकी छ । तर, कतिपय ठाउँमा सडक क्षेत्रका लगत कट्टा, मुआब्जा वितरण र विद्युत पोल सार्ने काम भएको छैन । यसले हुलाकी सडकलाई समयमै सक्न समस्या हुने देखिन्छ ।

स्रोत : नेपालगन्ज न्युज

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

  • ३ पुष २०७५, मंगलवार १५:१९ प्रकाशित
  • Nabintech