जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जमा रहेका तीनवटा मोटर ड्राइभिङ सेन्टर र कोहलपुरमा रहेको एउटा गरि चारवटा ड्राइभिङ्ग सेन्टरमा छापा मारेको छ । लाइसेन्स बनाइदिन्छु भन्दै सर्वसाधारणहरुसँग मोटो रकम लिने गरेको जनगुनासो आएपछि प्रहरीले मंगलबार छापा मारेको हो ।
नेपालगन्जका मामाभान्जा, रेसुङ्गा, बागेश्वरी र कोहलपुरमा रहेको बोहरा मोटर ड्राइभिङ सेन्टरमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिइएको बाँकेका प्रहरी प्रमुख एसपी अरुण पौडेलले जानकारी दिए ।
यातायात व्यवस्था कार्यालय भेरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके सहित जिल्लामा रहेका विभिन्न मोटर ड्राईभिङ सेन्टरको मिलेमतोमा सर्वसाधारणबाट मोटो रकम असुलेर ट्रायल फेल भएकालाई समेत पास बनाउने गरेको जनगुनासो छ ।
बाँके प्रहरीले नियन्त्रणमा लिइएको कागजपत्रबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।
३ पुष २०७५, मंगलवार १४:०८ प्रकाशित