शोकमा बलिउड, गीताञ्जलीको निधन !
  • काँचुली खबर

दिवंगत बलिउड अभिनेता विनोद खन्नाकी पहिली पत्नी तथा अभिनेता अक्षय खन्नाकी आमा गीताञ्जली खन्नाको निधन भएको छ । ७० वर्षकी गीताञ्जलीले महाराष्ट्रको रायगढ जिल्लाको मांडवास्थित फार्महाउसमा अन्तिम सास लिइन् । गीताञ्जली छोराहरु अक्षय र राहुलसँग शनिबार १ बजे फार्महाउस पुगेकी बताइएको छ ।

दिउँसो उनलाई असहज भयो । राती उनको स्वास्थ्य अचानक बिग्रियो । अक्ष्य र राहुलले २० किलोमिटर पर रहेको अलिबाग अस्पताल लिएर गएकोमा डाक्टरले उनलाई मृत घोषित गरिदिए । विनोद खन्ना र गीताञ्जली दुवै बाल्यकालका साथी थिए । उनीहरु स्कुलदेखि नै एक अर्कालाई माया गर्थे । १९७१ मा विनोदले गीताञ्जलीसँग विवाह गरेका थिए ।

  • २ पुष २०७५, सोमबार १८:१४ प्रकाशित
  • Nabintech