देशको आर्थिक समृद्धिका लागि नीजि क्षेत्रसंग सहकार्य गर्नुपर्छ : उपाध्यक्ष ढकाल
  • काँचुली खबर

देशको आर्थिक समृद्धिको लागि नेपाल सरकारले  नीजि क्षेत्रलाई लगानिको क्षेत्र बढाएर  सहकार्य गर्नुपर्ने उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष चन्द्र प्रसाद ढकालले बताएका छन् । शनिवार प्युठान उद्योग वाणिज्य संघको २१ औँ वार्षिक साधारण सभा तथा १० औँ अधिवेशनमा बोल्दै नीजि क्षेत्रमार्फत सम्भावना भएका ठाउँमा पर्यटन, जलविद्युत तथा केबुलकार सञ्चालन गर्न सहज हुने  उनले बताए ।
साधारण सभा तथा अधिवेशनको प्रमुख अतिथि समेत रहेका ढकालले सरकारले नीजि क्षेत्रसंग सहपाठीको भुमिका निर्वाह गर्नुपर्ने बताए । उनले भने, ‘छिमेकी देशको सिको नेपालले लिनुपर्छ ।’ देशलाई आर्थिक क्षेत्रमा मजबुत बनाउन स्थानिय, प्रदेश र केन्द्र सरकारले नीजि क्षेत्रसंग सहकार्य गरि अगाडी वढनुपर्ने उनको भनाई छ ।
प्युठान जिल्ला देशले राजनीतिक व्यक्तित्वहरु धेरै जन्माएको र राष्टकै माथिल्लो तहमा भएपनि जिल्लालाई आर्थिक हिसाबले अगाडी नबढाएको बताए । जिल्लाका हरेक उद्योगको क्रियाकलापमा केन्द्रिय तहबाट सहयोग गर्ने उनले आश्वासन दिए । प्युठान जिल्लामा पर्यटकिय स्थानहरु छन् । उपाध्यक्ष ढकालले भने, ‘यहाँको पर्यटन विकास गरी यहाँका जन्ताहरुलाई रोजगार दिन प्रतिवद्ध छु ।’ अहिलेको पुस्ताको सपना देशलाई आर्थिक रुपमा समृद्ध बनाउने र आफु सक्षम बन्नु हो त्यसैले नेपाल सरकारले नीजि क्षेत्रसंग आवश्यक सहकार्य गरि अगाडी वढेमा पुस्ताको सपना पुरा हुने उनले बताए ।

संघको साधारण सभा तथा अधिवेशन सभामा संघका महासचिव बिष्णु  लवटले प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष रामचन्द्र पौडेलले आथिर्क प्रतिवेदन प्रस्तुत गरेका थिए । संघका अध्यक्ष ज्ञामुराम न्यौपानेले अतिथिलाई स्वागत गर्दै १० औँ अधिवेशनबाट नयाँ कार्यसमिति चयन हुने बताए । यसै विच २०५७ सालमा सिलन्यास भई निमार्ण कार्य थपीदै  गएको संघको सचिवालय भवन उद्घाटन समेत गरिएको थियो ।

नयाँ कार्यसमितिका लागि मतदान प्रक्रिया
व्यवसायिहरुको साझा संगठन प्यूठान उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका लागी मतदान सुरु भएको छ । ब्यवसायिक हक  हितका लागी स्थापना गरिएको संघको नयाँ नेतृत्वका लागी शनिवार मतदान सुरु भएको हो । संघको नयाँ नेतृत्वका लागी जिल्लाका ब्यवसायीहरु दुई खेमामा विभिजन भई चुनावी मैदानमा उत्रिएका छन् । उद्योग बाणिज्यको नेतृत्वका लागी बाम गठबन्धका तर्फवाट जिल्लाकै प्रतिष्ठित ब्यापारी तथा संघका बरिष्ठ उपाध्यक्ष केदानमान कक्षपति र नेपाली काग्रेंसका तर्फबाट प्रमोद पोख्रेल अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका छन् ।
कक्षपतिको संयुक्त प्यानलमा वरिष्ठ उपाध्यक्षमा यज्ञ बहादुर केसी, वाणिज्य उपाध्यक्षमा दुर्गा भुषाल, उद्योग उपाध्यक्षमा मुक्ति पोख्रेल, महासचिवमा कृष्णभक्त गिरी, उप महासचिवमा पदम बहादुर खड्का र कोषाध्यक्षमा सुरेन्द्र बहादुर जिसी रहेका छन् । भने पोख्रेलको प्यानलमा बरिष्ठ उपाध्यक्षमा रामचन्द्र पौडेल, प्रथम उपाध्यक्षमा केशवराज पण्डित, महासचिबमा ददिराम भण्डारी र कोषाध्यक्षमा सनत श्रेष्ठ रहेका छन् । संघको निर्वाचनमा राजनीति हावी हुदाँ ब्यवसायीको हित नहुने होकी भन्ने आशंका पैदा भएको छ । २०४८ सालमा स्थापना भएको संघमा हाँल ३ हजार ८ सय साधारण सदस्य, ७ बस्तुगत सदस्य, २८ आजीवन सदस्य र २ एसोसियट सदस्य रहेका छन् ।

  • २९ मंसिर २०७५, शनिबार २०:०९ प्रकाशित
  • Nabintech