भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले सहकारीको क्षमता विकास र व्यवस्थित बनाउनकालागि सहकारीहरुको समायोजन हुन आवश्यक रहेको बताएकी छिन् । बाँकेको कोहलपुरमा रहेको भेरी शित भण्डार सहकारी संस्था लि. को ११ औं वार्षिक सधारण सभामा बोल्दै मन्त्री अर्यालले अबका सहकारी उत्पादनमुलक बनाउनकालागि वित्तिय कारोबार गर्ने सहकारी र साना सहकारीलाई मर्ज्र गरी व्यवस्थित र उत्पादनमुलक सहकारी निर्मा्रण गर्न सरकारले नीति लिएको बताएकी हुन । साथै उनले लाहुरेको कमाई खाने, भारतको खाद्य र चिनिको कपडा लगाएर समृद्वि आउन नसक्ने भन्दै आर्थिक विकाससँगै जनतालाई समृद्वि बनानउका लागि सहकारी मार्फत जनताला्रई उत्पादन क्षेत्रमा सक्रिय बनाउनुपर्नेमा जोड दिएकी छिन् ।
सहकारीले सरकारबाट ऋण लिएको तर अहिले तिर्न नसकेको अवस्थामा अव त्यो समस्या समाधानका लागि प्रक्रिया अगाडि बढाउने प्रतिवद्वता जनाएकी छिन् । मन्त्री अर्यालले भूमि व्यवस्थापनका लागि सरकारले कार्ययोजना ल्याउन लागेको जानकारी गराउँदै केहि समय भित्र भूमि व्यवस्थापन कार्यलाई सुरुवात गर्ने बताईन ।
कार्यक्रममा बोल्दै बाँके क्षेत्र नं. १ का संघिय संसाद महेश्वर गहतराजले अन्तर प्रदेश स्तरीय सञ्जाल भएका सहकारीलाई केन्द्रीय सरकारले हेर्ने भएकाले बाँके कोहलपुरमा रहेको भेरी शीत भण्डार सहकारीलाई केन्द्र्र्रीय सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् ।
कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावतले मालपोत, नापि र यातायात कार्यालय कोहलपुरमा ल्याउनका लागि संघिय सरकारको ध्यानाकर्षण गरेका छन् । मालपोत कोहलपुरमा आउँदा कोहलपुर, बैजनाथ र राप्तीसोनारी गाउँपालिकाका जनताले प्र्रत्यक्ष लाभ लिने भन्दै मन्त्री अर्यालसँग मालपोत कार्यालय कोहलपुरमा स्थापना गर्नका लागि केन्द्रीय सरकारसँग पहल गरिदिन अनुरोध गरेका छन् । कार्यक्रममा बोल्दै पूर्व राज्य मन्त्री दिनेश चन्द्र यादवले भेरी शीत भण्डारको क्षमता विकासका लागि राज्यले विशेष चासो दिनुपर्ने भन्दै सहकारीले आफ्नो कार्यक्षेत्र अझै विस्तार गर्नुपर्ने बताए । कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले आर्थिक विकास र अर्थतन्त्रको बलियो शक्ति सहकारी भएकाले आर्थिक समृद्धिको सपना पुरा गर्न सहकारी अब उत्पादनमुखी हुनुपर्नेमा जोड दिएका छन् ।
भेरी शीत भण्डार सहकारी संस्था लि. का अध्यक्ष डोलराज अर्यालले सहकारीले किसानले उत्पादन गरेका वस्तु भण्डार गर्दा वस्तुको बिमा कार्य थालनी गरेको, किसानहरुले भण्डारण गरेको आलु तथा फलफुललाई धितो मानी संस्था सक्षम नेपाल र प्रभु बैंकसँग साझेदारी गरी सहज कृषि कर्जाको व्यवस्था मिलाईएको बताए ।
यसैबिच मन्त्री अर्यालले शनिबार ७ करोड ८३ लाख लागतमा निर्माण गरिएको १५ सय मेट्रिक टन क्षमताको शीत गृहको उद्घाटन समेत गरेकी छिन् । २०६४ सालमा सञ्चालनमा आएको शीत गृहको क्षमता २५ सय मेट्कि टन रहेकोमा किसानहरुको मागलाई मध्यनजर गर्दै नेपाल सरकारको साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना बाँकेसँग साझेदरीमा थप १५ सय मेट्रिकटन क्षमताको शित गृह निर्माण गरिएको हो ।
कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०७४/०७५ मा कुल शेयर पूँजी ९६ लाख ३ हजार, कुल आम्दानी १ करोड १६ लाख ६० हजार, बचत २० लाख रहेको जनाईएको छ । कार्यक्रममा स्थानिय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, स्थानिय उद्योगि व्यापारी लगायत सहकारीका शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।
२९ मंसिर २०७५, शनिबार १८:३८ प्रकाशित