“परम्परागत पोषिला खाद्य पदार्थको पर्वद्धन गरौं, असल पोषणको लागि खाने बानीमा सुधार गराैं” भन्ने मुल नाराको साथ ३ दिने खाद्य मेला नेपालगन्जमा सुरू भएकाे छ । नेपाल सरकार कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, खाद्य प्रविधि तथा गुुण नियन्त्रण कार्यालय नेपालगन्जको आयोजनामा शुक्रबारदेखि तिन दिने खाद्य मेला २०७५ शुुरु भएको हाे ।
पुुस २ गते सम्म सन्चालन हुने मेलाका उद्घाटन गर्दै कृषि तथा पशुुपन्क्षी विकास राज्य मन्त्री राम कुुमारी चौधरीले आफ्नो परम्परागत पोषिला खाद्य पदार्थको उत्पादनमा जोड दिन अाग्रह गरे । उनले परम्परागत पोषिला खाद्य पदार्थको पर्वद्धन गरि असल पोषणकोलागि खाने बानीमा पनि सुुधार गर्नुु पर्नेमा जोड दिएका थिए ।
परम्परागत खानेकुुरा मानव शरिरकालागि अतिनै पोषिलो रहेकोले सर्वसाधारणहरूमा चेतना जगाउने उद्देश्यले मेला आयोजना गरिएको खाद्य प्रविधि तथा गुुण नियन्त्रण कार्यालय नेपालगन्जका प्रमुुख ज्योत्सना श्रेष्ठले जानकारी दिए ।
खाद्य प्रविधि तथा गुुण नियन्त्रण डिभिजन कार्यालय, सुुर्खेतका प्रमुुख भेष बहादुुर थापाले हाम्रो गाउँघरमा उत्पादन हुुने पुुराना खाद्य पदार्थ पनि शरिरको लागि उपयुक्त रहको सन्देश दिनको लागि मेला आयोजना गरिएको जानकारी दिए ।
मेलाको उद्घाटन पूर्व विभिन्न धर्म, भाषी समुुदायहरुले आ-आफ्नो भेषभुुष लगाएर नेपालगन्ज नगरको परिक्रमा गरेका थिए । सो मेलामा चर्चित कलाकारको प्रस्तुुती समेत रहेको छ । तीन दिन सम्म संचालनड हुुने मेलामा स्थानीय स्तरमा उत्पादन गरिएका खाद्य पदार्थहरूकाे स्टल राखिएकाे छ ।
२८ मंसिर २०७५, शुक्रबार १७:४६ प्रकाशित