बाँकेको कोहलपुुरमा कोहलपुरमा याल्ड मुन सप्तक संगित विद्यालय संचालनमा आएको छ । संगित क्षेत्रमा रुची राख्ने युवा पुस्तालाई लक्षित गर्दै कोहलपुरस्थित टेलिकम रोडमा संगित विद्यालय संचालनमा ल्याईएको हो ।
कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारले विद्यालयको उद्घाटन गर्दै कोहलपुर क्षेत्रको कलाकारितालाई केन्द्रीय स्तरसम्म चिनाउनकालागि विद्यालयले महत्वपूर्ण भूमिका खेल्नेमा आफु विश्वस्त रहेको बताए । त्यस्तै उनले कोहलपुरको कला, संस्कृति र परम्परालाई संरक्षण गर्न विद्यालयले विशेष नीति लिनुपर्ने भन्दै सरकारले यस्ता विद्यालयलाई आवश्यक सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै वरिष्ठ सञ्चारकर्मी कमल विकेले पुस्तकको ज्ञानसँगै अहिले पुस्ताले संगितलाई पनि माया गरेको अवस्थामा विद्यालयले कलाकारिता क्षेत्रको विकासमा जोड दिने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै नृत्य प्रशिक्षक सुन्दर गुरुङ्गले कलामा विशेष चासो भएका आम व्यक्तिहरुका लागि विद्यालयले आधुनिक वाद्यवादनका समानहरु ल्याउनुपर्ने बताए ।
विद्यालयका अध्यक्ष विरेन्द्र कुमार सिंहले पछिल्लो पुस्तालाई कला क्षेत्रका बिभिन्न आयामहरुका बारेमा जानकारी दिने र योग्य कलाकार उत्पादनमा सहयोग पुर्याउने उद्धेश्यले विद्यालय संचालनमा ल्याएको बताए ।
२७ मंसिर २०७५, बिहीबार १९:३२ प्रकाशित