रेडियो पत्रकारिता तथा उद्घोषण तालिम सुरु
  • काँचुली खबर

बाँकेको कोहलपुरमा रहेको सामुदायिक रेडियो कोहलपुर एफएमको आयोजनामा १० दिने रेडियो पत्रकारिता तथा उद्घोषण तालिम सुरु भएको छ । तालिमको उद्घाटन गर्दै वरिष्ठ पत्रकार शंकर खनालले राज्यको चौथो अंग पत्रकारिता भएकोले जनता र राज्यको पुलको काम पत्रकारिताले गरेको बताएका छन् । साथै उनले पत्रकारिता विषयका बारमो केहि जानकारी भएर मात्र यो पेशामा संग्लन हुनकालागि पनि यस्ता तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा बोल्दै पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष रुद्र सुवेदीले पत्रकारीमा आउनु भन्दा पहिला पत्रकारिताका बारेमा थाहा पाउन आवश्यक रहेको बताउँदै तालिमबाट सिकेका कुराहरु व्यवहारमा लागु गर्न सुझाव दिएका छन् ।
कार्यक्रममा बोल्दै पत्रकार महासंघ बाँकेका कोषाध्यक्ष केशव रानाले नयाँ जनशक्ति उत्पादनमा तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै तालिममा सिकेको ज्ञानलाई सहि सदुपयोग गर्न प्रशिक्षार्थीहरुलाई अनुरोध गरको छन् ।
कार्यक्रममा बोल्दै रेडियो कोहलपुर एफएमका स्टेशन म्यानेजर विष्णु बेल्वासेले नमूना पत्रकारिताका लागि तालिमको आयोजना गरिएको र तालिमबाट दक्ष जनशक्ति उत्पादन हुने विश्वास व्यक्त गरेका छन् ।
उक्त तालिम पौष ७ गतेसम्म सञ्चालन हुनेछ भने कार्यक्रमको सञ्चालन कुलश विश्वकर्माले गरेका थिए ।

  • २७ मंसिर २०७५, बिहीबार १९:२१ प्रकाशित
  • Nabintech