नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले बाँके जिल्लालाई कर्णाली प्रदेशमा गाभ्न आफुले नेतृत्व गर्ने घोषणा गरेका छन्। शेयरकाष्ट इनिशियटिभ नेपालले बुधबार नेपालगन्जमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा प्रमुख राणाले आगामी बर्षायामपछि बाँकेलाई कर्णाली प्रदेशमा गाभ्नका लागि आफुले आन्दोलनको नेतृत्व लिने बताए।
‘असारसम्म मलाई काम गर्न दिनुस् । बाटोघाटो बनाउन प्रदेशले अवरोध पार्ला वर्षातपछि हामी ६ नम्बर (कर्णाली) जानेमा आन्दोलन गर्छौं’, उनले भने। जिल्लालाई ५ नम्बर प्रदेशमा गाभिँदा उनले राष्ट्रिय सञ्जालबाट टाढिएको भन्दै दुःख पनि व्यक्ति गरे। ‘कोहीले बोल्न सकिरहेका छैनन् तर ५ नम्बरमा हामी कोही खुसी छैनौं। हामीसँग राष्ट्रिय कनेक्टिभिटी पनि छैन, सोसल कनेक्टिभिटी छैन। आर्थिक कनेक्टिभी पनि छैन।’
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उच्च अदालत तुलसीपुर जाँदा नेपालगन्जले राजधानीको अवसर गुम्दा तत्कालीन समयमा प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाले पहल नगरेको उनको गुनासो थियो। शाहीकालमा क्षेत्रीय कार्यालय नसार्ने आन्दोलनको नेतृत्व आपूmले गरेको दाबी गर्दै उनले तत्कालीन सात दलका कारण आन्दोलन तुहिएको स्मरण पनि गरे।
(अन्नपूर्णबाट साभार)
२७ मंसिर २०७५, बिहीबार १९:१८ प्रकाशित