बिबाहको जन्ती चढेको जीप दुर्घटना
  • काँचुली खबर

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ का स्थानिय चढेको बिबाहको जीप दुर्घटनामा परेको छ । बिहिबार बिहान दुई बजेतिर दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक दुर्घटना हुँदा बेहुलाका आमा बुवा सहित छ जनाको निधन भएको हाे ।

चितवन गितानगरबाट बेहुली लिएर बाँके घर फर्किने क्रममा बा १२ च ३१२२ नम्बरको स्कारपियो जीप र महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस बिहीबार बिहान करिव २ बजेतिर ठोक्किएको थियो ।
उक्त दुर्घटनामा परी मृत्यु हुनेहरुमा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ निवासी ५३ वर्षीय मानबहादुर केसी, ४५ वर्षीया विमला खत्री, ४९ वर्षीय विश्वनाथ अधिकारी, ५ वर्षीय प्रविण केसी, ३१ वर्षीय दीपककुमार खड्का र बाँकेको कोहलपुर नगरपालिका १२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ । मानबहादुर केसी र विमला खत्री बेहुला यज्ञ खत्रीका आमा बुवा हुन् भने ५ बर्षिय प्रबिण केसी भतिज हुन ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

शवलाई लमही अस्पतालमा राखिएको छ । दुर्घटनामा बेहुलाकै आफन्त ४५ वर्षीया गितादेवी खत्री र चालक २१ वर्षीय यमबहादुर मगर घाइते छन् । उनीहरुलाई उपचारकालागि बाँकेको कोहलपुर पठाइएको प्रहरीले जनाएको छ । बेहुला र बेहुली भने अर्काे गाडीमा थिए । बुवा आमा र आफन्त चढेको जीप विपरित दिशाबाट आइरहेको बससँग ठोक्किएको हो । बसका यात्रुहरु भने सकुशल छन् । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष खुम बहादुर बस्नेतले घटनाको पुष्टि गर्दै गाउँमा शोक छाएको बताए ।

प्रदेश सभा साँसद नमुनाद्वारा शोक बक्तव्य जारी

बिहिबार बिहान दाङ्गमा भएको जन्ती चढेको जीप दुर्घटनामा परी ६ जनाको मृत्यु भएको दु:खद खबरले आफुलाई अत्यन्तै मर्माहत बनाएको उल्लेख गर्दै बाके निर्वाचन क्षेत्र नम्बर १ (क) कि प्रदेश सभा सदस्य कृष्णा केसी (नमुना) ले एक शोक बक्तव्य जारी गरेकी छिन । शोक बक्तव्यमा अगाडि भनिएको छ, ‘दुर्घटनामा परी निधन भएका मृतकहरु प्रती हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु साथै घाईतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उनिहरुको उपचारमा कुनै कमि हुन नदिन सरकार सङ्ग अनुरोध गर्दछु ।’

  • २७ मंसिर २०७५, बिहीबार १०:५३ प्रकाशित
  • Nabintech