तमु ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद बाकेले बिगतमा दिईदै आएको गुरुङ्ग समुदायको पर्व ‘तमु ल्होसार’ को बिदा लगाएत अन्य आदिवासी जनजाति समुदायका पर्वहरुमा पाउदै आएको बिदा कटौतीको बिरोधमा मंगलबार जिल्ला प्रशासन कार्यालय बाके मार्फत सम्माननिय प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय काठमाडौंलाई सस्मरण पत्र बुझाएको छ ।
‘नेपाल बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक, र बहुधार्मिक मुलुक हो । मुलुकको यस किसिमको बिबिधतालाई सम्मान गर्दै सबै सामाजिक र धार्मिक समुहप्रती राज्यबाट समान व्यवहार हुनुपर्नेमा बर्तमान सरकारले यस बर्षदेखि सार्बजानिक बिदाको सबालमा लिएको निर्णयले हामीलाई अत्यन्तै दुखित साथै आक्रोशित बनाएको छ । ०६२/६३ को जनअन्दोलनको सफलता संगै गठित अन्तरिम सरकारले हामी आदिवासी जनजातिहरुको सास्कृतिक पहिचानलाई सम्मान गर्दै ३५.३ प्रतिशत जनताले आदिमकालदेखी मनाउदै आएको उधौली-उभौली, तमु ल्होसार, सोनम ल्होसार, ग्याल्पो ल्होसार र माघी/माघे सक्रान्ती गरि पाँच दिन सार्बजनिक बिदा पाउदै आएकोमा बर्तमान सरकारबाट भएको कटौतीको घोर भत्र्सना गर्दछौं ।’ सस्मरण पत्रमा भनिएको छ ।
सस्मरण पत्रमा अगाडी भनिएको छ – ‘मुलुक सबैको हो भन्ने अनुभूति गराउन साथै विभेद र असमानताको अन्तको लागि पुनः तमु ल्होसार (पौष १५) लगाएत अन्य आदिवासी जनजाति समुदायको मुख्य चाडपर्वहरुमा कटैती भएको सार्बजनिक विदा यथाशीघ्र पुनर्स्थापित गर्नको लागि हामी जोडदार माग गर्दछौं । यदि हाम्रो माग मुद्दा सम्बोधन नभएको खण्डमा हामी जुनकुनै कदम चाल्न बाध्य हुनेछौ साथै यसबाट उत्पन्न परिस्थितिको स्वयं सरकार जिम्मेवार हुनेछ ।’
सो सस्मरण पत्र तमु ह्युल छोज धी गुरुङ्ग राष्ट्रिय परिषद जिल्ला समिती बाकेका अध्यक्ष अधिबक्ता युग बहादुर गुरुङ्गले जिल्ला प्रशासन कार्यालय बाकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल मार्फत बुझाएका थिए ।
(फोटो : सोम गुरुङ्ग)
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
२५ मंसिर २०७५, मंगलवार १३:०६ प्रकाशित