लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अन्तिम दिन सोमबार बर्दियाको बढैयाताल गाउँपालिकामा बृहत रयाली सहित एक कार्यक्रमको आयोजना गरि समापन गरिएको छ । बढैयाताल गाउँपालिकाको मुख्य आयोजना तथा ईलाका प्रहरी कार्यालय मैनापोखरको सह आयोजनामा बिभिन्न सामाजिक संघसंस्थाहरुको सहयोगमा सो कार्यक्रम आयोजना गरिएको हो । सो कार्यक्रमको प्रमुख अतिथि ५ नं. प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरिक्षक पिताम्बर अधिकारीले शून्य सहनशिलताको लागि सम्पुुर्ण सक्रृय भएर लाग्नु पर्नेमा जोड दिए । उनले अहिले समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत समुदायमा हिंसा रोक्न प्रहरी र समुदाय सहकार्य गरि अगाडि बढिरहेको बताए ।
सोही कार्यक्रमको विशिष्ट अतिथि प्रदेश सभा सदस्य कविराम थारु, जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक सुरेन्द्र प्रसाद मैनाली, बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठ, ओम शान्ति महिला बहुउदेश्यीय सहकारीका अध्यक्ष शान्ति अधिकारी, महिला जनजागरण संधका अध्यक्ष गोमा पौडेलले लैंगिक हिंसा बिरुद्धकोे अभियान टोल टोलमा निरन्तर सन्चालन गर्नु पर्ने र सोचमा नै परिवर्तन हुनु पर्नेमा जोड दिएका थिए ।
सो कार्यक्रम अघि बढैयाताल गाउँपालिकाको अगुवाईमा र्याली सहित गाउँपालिका परिक्रमा गरिएको थियो । अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर निकालिएको र्याली बन कार्यालयमा पुगेर कोषसभामा परिणत भएको थियो । सोही कार्यक्रममा कृष्णासार विद्या निकेतनका विद्यार्थीहरुले नाटक तथा नृत्य प्रस्तुत गरेका थिए ।
बढैयाताल गाउँपालिकाको प्रत्येक वडाहरुमा लैङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान संचालन गरिएको बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष दिपा कुुमारी गौतमले जानकारी दिईन । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा १६ दिनसम्म सचेतनामुलक बिभिन्न कार्यक्रमहरु संचालन गरिएको बताउँदै उपाध्यक्ष गौतमले अभियानको अन्तिम दिन बृहत समापन कार्यक्रम आयोजना गरिएको जानकारी दिईन । कार्यक्रमका प्रमुख अतिथि ५ नं. प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरिक्षक पिताम्बर अधिकारीले उद्घाटन गरेको उक्त समापन कार्यक्रममा महिलाहरुको उल्लेख्य मात्रामा सहभागी रहेको महिला तथा बालबालिका शाखाका दुर्गा हमालले जानकारी दिईन । यसैबिच दिवसको अन्तिम दिन आज नै मैनापोखर चौराहमा दिप प्रज्वलन गरिएको छ ।
२४ मंसिर २०७५, सोमबार २१:१५ प्रकाशित