सदाचारी र भ्रष्टाचारी बीचको चलचित्र ‘सयकडा दश’
  • काँचुली खबर

नेपाली चलचित्र ‘सयकडा दश’ का निर्देशक राम शरण पाठकले परम्परागत ढर्रा भन्दा अलि पृथक ढंगको चलचित्र बनाएको बताएका छन् ।
नेपालगञ्जका पत्रकारसँग कुरा गर्दै पाठकले आफ्नो फिल्म सदाचारी र भ्रष्टाचारी बीचको कथालाई प्रसय दिदै निर्माण गरिएको बताए । उनले फिल्म पोखराबाट सुरु गरेर साँघुटार हुँदै काठमाण्डौमा अन्त्य गरिएको बताए । समाजमा कमाएको सम्पत्तिको १० प्रतिशत दान दिनु पर्ने वा सयकडा १० व्याज लिने वा जायज नाजायज ढंगले कमाउदा आनन्द आउदा पछि त्यो ऋणको रुपमा तिर्नै पर्ने कुरा देखाउदै भ्रष्टाचारको विरुद्ध कडा सन्देश प्रवाह गरको दाबी गरे ।
चर्चित हाँस्य कलाकार मनोज गजुरेलले सदाचारी र राजाराम पौडेलले भ्रष्टाचारी पात्रको रुपमा प्रस्तुत भएको जानकारी दिदै फिल्ममा अमृत दुंगाना, रबी डंगोल, रश्मी भट्ट र नेपाली मुलकी बर्मेली नायीका सोनीया राईलाई डेब्यू गराईएको बताए ।
चलचित्रको कथाकार समेत रहेकी रज्जु प्रधानले फरक कथा वस्तुले मनोरञ्जन र सन्देश दुबै दिन खोजेको बताईन । उनले मनोरञ्जन लिनमात्र चलचित्र नबनाएर हास्य व्यङ्गको तरिकाबाट पस्तुत गरेको दाबी गरिन । ‘जायज नाजायज माध्ययमबाट कमाएको सम्पत्तिको जुन तरिकाबाट पनि १० प्रतिशत तिर्ने पर्ने भन्ने सन्देश दिएको छ ।’

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

आगामी माघ १८ अर्थात फेब्रुअरी १ देखि रिलिज गर्ने तयारीको साथ फिल्मको प्रमोशनमा निस्केको सो टोलीमा निर्माता समेत रहेका मनोज निरौलाले १ करोड ६० लाख हालसम्म लगानी लागेको र सबै परिवार बसेर हेर्न मिल्ने पूर्ण पारिवारिक फिल्म भएको दाबी गरे ।
निर्देशक, कथाकार तथा निर्मातासहितको टिमले नेपालगञ्जमा आईतबार पत्रकारसंग कुरा गर्दै आफ्नो चलचित्रले अत्यन्तै भिन्न कथाबस्तु बोकेर निर्माण भएको दाबी गर्दै भने,‘हामीले मुलुकको विकासको बाधक भ्रष्टचार भएको ठहर गर्दै भ्रष्टाचार मुक्त देश बनाउन सहयोग पुराउने उद्देश्यले सन्देस मुलक चलचित्र ‘सयकडा दश’ निर्माण गरेका हौ ।’

  • २४ मंसिर २०७५, सोमबार १४:३२ प्रकाशित
  • Nabintech