लैङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियानको अन्तिम दिन सोमबार कोहलपुरमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ । कोहलपुर नगरपालिका महिला विकास शाखाको मुख्य आयोजना तथा बिभिन्न संघसंस्थाहरुको सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रक्तदान कार्यक्रम अघि कोहलपुर नगरपालिकाको अगुवाईमा र्याली सहित नगर परिक्रमा गरिएको थियो । अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर निकालिएको र्याली कोहलपुर चौेराहमा पुगेर कोषसभामा परिणत भएको थियो । त्यस लगत्तै रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
नगरमा पहिलो पटक लैङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान संचालन गरिएको कोहलपुर नगरपालिकाकी उपमेयर सन्जु चौधरीले जानकारी दिईन । आफ्नो रगतले कसैको ज्यान जोगिने भएकाले आफुले जिवनमै पहिलो पटक रक्तदान गरेको उपमेयर चौधरीको भनाई थियो । दिवसका अवसरमा १६ दिनसम्म सचेतनामुलक बिभिन्न कार्यक्रमहरु संचालन गरिएको बताउँदै उपप्रमुख चौधरीले अभियानको अन्तिम दिन रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिईन ।

वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
प्रदेश सभा सदस्य कृष्णा के.सी. नमुनाले उद्घाटन गरेको उक्त रक्तदान कार्यक्रममा महिलाहरुले उल्लेख्य मात्रामा रक्तदान गरेको रक्तदान कार्यक्रमकी संयोजक तथा कोहलपुर नगर कार्यपालिकाकी सदस्य कल्पना अधिकारीले जानकारी दिईन । रक्तदान कार्यक्रम अहिले पनि जारी छ । यसैबिच दिवसको अन्तिम दिन आज कोहलपुर चौराहमा दिपपप्रज्वलन गरिने भएको छ । सोमबार बेलुकी ५ बजे दिप प्रजवलन गर्ने कार्यक्रम रहेको कोहलपुर नगरपालिकाकी उपप्रमुख चौधरीले जानकारी दिईन ।


२४ मंसिर २०७५, सोमबार १४:२४ प्रकाशित