बाँकेका महिला पत्रकारहरुलाई मुलुकी अपराध ऐनसम्बन्धि प्रशिक्षण
  • काँचुली खबर

बाँकेमा क्रियाशील महिला पत्रकारहरुलाई मुलुकी अपराध ऐन २०७४ र १६ दिने महिला हिंसा विरुद्धको अभियानको बारेमा प्रशिक्षण दिईएको छ । भदौ १ गतेबाट लागु भएको नयाँ कानुन (मुलकी अपराध ऐन २०७४) मा गरीएका व्यवस्था जस्तै करणी सम्बन्धी कसुर, बैबाहिक, बलात्कार, हाडानाताकरणी, यौन दुव्र्यवहार, जवरजस्तीकरणीको उद्योग, भेदभाव तथा अपमानजनक व्यवहार, भेदभाव विरुद्धको व्यवस्था, विवाह सम्बन्धी कसुर, वहुविवाह विरुद्धको व्यवस्था, सजाय लगायतका विषयमा पत्रकार अछरी पोखरेलले प्रशिक्षण दिएकी हुन ।

प्रशिक्षण कार्यक्रममा १६ दिने महिला हिंसा विरुद्धको इतिहास, ३ दिदी वहिनीले गरेको अभियान, सेतो रिवन अभियान, सेतो रीवन लगाउनुको उद्धेश्य, घरेलु हिंसाका प्रकार, कारण, स्थितिका बारेमा समेत सहभागीलाई प्रशिक्षण दिईएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष ठकुरसिंह थारुले पीडित महिलाले पत्रकार महिलासंग आफ्ना गोप्य कुरा खुलेर भन्ने तर पुरुष पत्रकारसंग संवेदनशील कुरा लुकाउने गरेको बताउदै पत्रकार महिलाको महत्व बढि रहेको बताए । कार्यक्रममा पत्रकार महिलाहरु रुपा गहतराज, विमला चौधरी, अमृता के.सी., करुणा शाह, सुमित्रा चौधरी, निशा शाह, कौसिला जैसी, निसु जोसी लगायतले महिलाहरु हिंसामा परेतापनि समाजको डरका कारण खुलेर भन्न नसकेको र फितलो कानुनका कारण पीडित महिलाले न्याय पाउन नसकेको साथै आफुहरुले रीपोटिङमा जाँदाका अनुभवहरु सेयर गरेका थिए ।
सीविन नेपालको आयोजनामा संचालित हिंसा न्युनिकरणमा पत्रकार महिलाको भुमिका विषयक अन्र्तक्रिया कार्यक्रममा ३ दर्जन बढी पत्रकार महिलाको सहभागीता रहेको थियो ।

  • २३ मंसिर २०७५, आईतवार १९:५९ प्रकाशित
  • Nabintech