गण्डकी विकास बैंकको ५९ औं शाखा बिस्तार
  • काँचुली खबर

गण्डकी बिकास वैंकले कोहलपुरमा आफ्नो शाखा बिस्तार गरेको छ । आईतबार कोहलपुर नगरपालिकाका मेयर एल.वि. रावतले ६९ औं शाखाको रुपमा कोहलपुर शाखाको उद्घाटन गरेका हुन । कोहलपुरस्थित रेडक्रश रोडमा संचालनमा आएको उक्त बैंकले आईतबारबाट औपचारीक सेवा सुभारम्भ गरेको हो ।
उद्घाटन समारोहमा बोल्दै बैंकका कार्यकारी प्रमुख अधिकृत रेशम बहादुर थापाले बैंकले हालसम्म २५ अर्ब बढि बचत संकलन गरिसकेको जानकारी दिए । थापाले देशभर १ लाख ५० हजार बढि सेवाग्राहीलाई बैंकले सेवा प्रदान गर्दै आएको दाबी समेत गरे ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

बैंकका संचालक तथा बरिष्ठ अधिवक्ता कृष्ण बहादुर थापाको सभापतीत्वमा सम्पन्न उद्घाटन समारोहमा कोहलपुर नगरपालिकाका प्रमुख एल.वि. रावत, ट्राफिक प्रहरी कार्यालय ६ नं. प्रदेशका प्रमुख जनकराज पाण्डे, कोहलपुर वडा नं. ११ का वडाअध्यक्ष कर्ण बहादुर थापा, उद्योग वाणिज्य संघ कोहलपुरका अध्यक्ष चक्र अधिकारी, कोहलपुर सुधार समाजका अध्यक्ष चण्डी गैरे लगायतका वक्ताहरुले गुणस्तरीय सुविधा सहितको सेवा प्रदान बैंक सफल हुनेमा विश्वास ब्यक्त गर्दै सफलताको कामना गरेका थिए ।

  • २३ मंसिर २०७५, आईतवार १९:२८ प्रकाशित
  • Nabintech