कोहलपुर नगरपालिकाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य तथा आँखा शिविरबाट ४ सय बढी जेष्ठ नागरिकहरुले स्वास्थ्य लाभ लिएका छन् । कोहलपुर नगरपालिकाको वार्षीक कार्ययोजना अनुसार प्रत्येक आर्थिक वर्षमा नगरपालिकाका १५ वटै वडाहरुमा रहेका जेष्ठ नागरिकहरुको दुई पटक विशेषज्ञ चिकित्सक सेवा सहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । कोहलपुर नगरपालिका नगरकार्यपालिकाको नगर स्वास्थ्य शाखाले आयोजना गरेको कोहलपुर नपा वडा नं. १ र २ मा बसोबास गर्ने जेष्ठ नागरिकहरुको लागि लक्ष्मी मावि बर्दहवामा सो शिविर सञ्चालन गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कोहलपुर नगरपाकिा प्रमुख लूट बहादुर रावतले शनिबार शिविरमा स्वास्थ्य लाभ लिन पुगेका सबै भन्दा बढी उमेर ८९ वर्षिय बजिर सिंह रावललाई स्वास्थ्य चेकजाँचको पर्चा हस्तान्तरण गरेर शिविरको उद्घाटन गरे ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
शिविरको उद्घाटन गर्दै नगर प्रमुख रावतले कोहलपुर नगरपालिकाले आफ्नो नगर क्षेत्र भित्र रहेका जेष्ठ नागरिकहरुलाई वर्षको दुई पटक वडामै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर चेक जाँच गर्ने र विशेषज्ञ चिकित्सकहरुले विरामीको लागि सिफारिस गरेको औषधी निःशुल्क उपलब्ध गराउने बताए । रावतले भने, ‘नगरपालिकाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकाले यसबाट १ र २ नं. वडामा बसोबास गर्ने सबै जेष्ठ नागरिकहरुले स्वास्थ्य लाभ लिनु होला ।’

नगरपालिकाले शनिबार कोहलपुर नगरपालिका वडा नं. १ र २ का जेष्ठ नागरिकहरुका लागि सञ्चालन गरेको शिविरमा १ सय २० जना महिला र १ सय ७० जना पुरुष गरी २ सय ९० जनाले आँखा चेकजाँच गराएका छन् भने ५७ महिला र १ सय २० जना पुरुष गरी १ सय ७७ जनाले जनरल स्वास्थ्य चेकजाँच गराएका नगर स्वास्थ्य कविराज गौरीशंकर मण्डलले जानकारी गराए ।
शिविरमा स्वास्थ्य लाभ लिन पुगेका अधिकांश जेष्ठ नागरिकहरुमा हातखुट्टा दुख्ने, ढाँड दुख्ने, बाथ, दम, खोकी जस्ता स्वास्थ्य समस्याहरु रहेका शिविरमा स्वास्थ्य चेकजाँच गर्ने विशेषज्ञ चिकित्सक डा. सृष्टि जोसी र डा. सुमन चौधरीले जानकारी गराएका छन् ।

शिविरमा चेकजाँच गराएका करिब ५० जना भन्दा बढी बिरामीहरुलाई थप चेकजाँचका लागि विशेषज्ञ सेवा सहितका अस्पतालहरुमा जान सुझाव दिएको चिकित्सकहरुले बताए । शनिबारको शिविरमा कोहलपुर नगर स्वास्थ्य शाखाका संयोजक धन रेग्मी, सह संयोजक विद्यासागर मैनाल, कबिराज गौरीशंकर मण्डल, नगर स्वास्थ्य शाखाका अहेब टिका भारती, अनमी नमूना पाण्डे, राम कुमार चौधरी, रझेना स्वास्थ्य चौकी अहेब शारदा चन्द, शम्शेरगञ्ज स्वास्थ्य चौकीका अहेब प्रकास शाही लगायतका स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो ।
२३ मंसिर २०७५, आईतवार १८:१९ प्रकाशित