बढैयाताल गाँउपालिमा सामुदाय प्रहरी साझेदारी अन्तरगत सामुदाय प्रहरी पालीका समिति गठन गरिएको छ । बढैयाताल गाँउपालिकाका अध्यक्ष लाल बहाुदर श्रेष्ठको संयोजकमा २१ सदस्यीय गाँउपालिका स्तरीय सामुदाय प्रहरी साझेदारी समिति गठन भएको हो । जसको सहसंयोजकमा गाउँपालिका उपाध्यक्ष दिपाकुमारी गौतम र इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक लक्ष्मण वली रहेका छन । त्यसैगरी बिभिन्न संघ संस्थाका प्रतिनिधि, राजनितिक दलका प्रतिनिधि जनप्रतिनिधि, बुद्धिजिवी, समाजसेवी समेत सदस्य रहेका छन ।
बढैयाताल गाँउपालिकामा महिला हिंसा, लागुपदार्थ दुब्यवसनी र मदिरा नियन्त्रण देखि लिएर गाँउ समाजमा भए गरेका घरायसी झै झगडा नियन्त्रण, बालबिवाह नियन्त्रण लगायतका उद्धेश्यका साथ गाँउपालीकाका प्रत्येक वडा स्तर देखि नै टोल सामुदाय प्रहरी साझेदारी समिति गठन, बिद्यालयमा प्रतिरक्षा समिति गठन र गाँउपालीकामा पनि पालीका स्तरिय सामुदाय प्रहरी समिति गठन गरिएको समिति संयोजक तथा गाँउपालीकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले जानकारी दिए ।

वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
बढैयाताल गाँउपालिकामा २ महिनामा मलाम कार्यक्रम, बिद्यालयमा प्रतिकार कार्यक्रम र लैङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत प्रत्येक दिन बिभिन्न वडामा महिला हिंसा सम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरिक्षक लक्ष्मण वलीले जानकारी दिए ।
महिला शाखाका प्रमुख दर्गा हमालको सभापतित्वमा भएको कार्यक्रममा अध्यक्ष लाल बहादुर श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत लाल बहादुर योगी, सबै वडाका वडा अध्यक्ष, इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरिक्षक लक्ष्मण वली, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।
२२ मंसिर २०७५, शनिबार १६:५९ प्रकाशित