बाल संरक्षण नीति निर्माण सम्बन्धि कार्यशाला सम्पन्न
  • काँचुली खबर

खजुरा गाउँपालिकाको आयोजना तथा प्लान ईन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगन्जको सहयोग र सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) को सहकार्यमा खजुरा गाउँपालिकामा शिक्षा समिति पदाधिकारीहरुसंग विद्यालय स्तरीय बाल संरक्षण नीति निर्माण सम्बन्धि एक दिने कार्यशाला सम्पन्न भएको छ ।
कार्यशालामा सहभागी खजुरा गाँउपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले स्थानिय तहहरुमा विद्यालय स्तरीय बालसंरक्षण नीति निर्माण गरि कार्यान्वय गराउन आफुहरु प्रतिवद्ध रहेको बताएका छन । उनले बालबालिकाको हक अधिकार संरक्षण र बालविवाह विरुद्ध अभियान सन्चालन गर्न पालिकाले सबै सामाजिक सघंसंस्थासँग समन्वय र सहकार्य गरि योजना अनुसार कार्य अघि बढाउने प्रतिबद्धता समेत जनाए ।
गाँउपालिकाका प्रशासकीय अधिकृत बम बहादुर केसीले बाल संरक्षणको क्षेत्रमा आगामी दिनमा समन्वय सहकार्य गरि अगाडी बढ्ने बताए । बाल संरक्षण नीति निर्माण गर्नुको उद्धे्श्य बारे बालिका संरक्षण परियोजना र बालिका एजेन्सी तथा युवा शसक्तिकरण परियोजना कार्यक्रमका परियोजना संयोजक शेषकान्त शर्माले जानकारी दिएका थिए।

बाल संरक्षण नीति निर्माणका बारेमा सामाजिक विकास मन्त्रालय प्रदेश न. ५ का बालअधिकार श्रोत ब्यक्ति भिम अवस्थीले सहजीकरण गरेका थिए । हाल खजुरा गाउँपालिकामा प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बालिका संरक्षण परियोजना र बालिका एजेन्सी तथा युवा शसक्तिकरण परियोजना कार्यक्रम संचालन भइरहेको छ । सो परियोजनाले स्थानीय तहमा बाल संरक्षण नीति बनाउन र कार्यान्वयमा जोड दिने स्याक नेपालका नेत्रकला शाहीले जानकारी दिईन ।
कार्यक्रममा खजुरा गाउँपालिकामा रहेका माध्यमिक विद्यालयका प्राधानाध्यापक, शिक्षक र विद्यालय व्यवस्थापन समितीका अध्यक्षहरुको उपस्थीति रहेको थियो ।

  • २२ मंसिर २०७५, शनिबार १६:४१ प्रकाशित
  • Nabintech