उपशाखा स्तरीय कार्यशाला गोष्ठी
  • काँचुली खबर

झिमरुक गाउपालिका अन्तरगत नेपाल रेडक्रस सोसाइटी मच्छी उपशाखाको आतिथ्यमा उपशाखा स्तरीय सशक्तीकरण गोष्ठी शुक्रबारदेखि शुरु भएको छ ।रेडक्रसकर्मिहरुको क्षेमता बिकास होस भनेर कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथी रहेका झिमरुक गाउँ पालिकाका अध्यक्ष तिलक बहादुर जिसीले रेडक्रस नितान्त सेवामूलक सस्था रहेकोले यो सस्थाले बिपदमा परेका दिनदुखिहरुको सहयोग गर्दै आएको बताए । उनले भने “ब्यबस्थापनको लागि उपशाखा संग सहकार्य एकता गरेर मानव सेवामा अगाडि बढने छौ” यसै क्रममा बोल्दै उनले भने यो ग्रामीण क्षेत्रमा बिरामी बोक्न समस्या भएकोले उपशाखाको सहकार्यमा एम्बुलेन्स खरिद गर्न सहयोग गर्ने बताए । मानबिय बिपत कतिबेला हुन्छ भन्ने थाहा नहुने भन्दै सबै सजक रहन समेत आग्रह गरेका छन ।
कार्यक्रमलाई शुभकामना व्यक्त गर्दै बिशेष अतिथि तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्युठानका सभापति गुमानराज पुलामीले रेडक्रस सस्थाले संसार भरी मानबिय बिपत्तिमा कृयाशिल हुँदै आएको र हामीहरु पनि मन बचन र कर्मले बिपतका समयमा राहत पुनःस्थापन खोज र उद्घार लाग्नु पर्ने बताए ।
मंसिर २१ र २२ गते सम्म चल्ने कार्यशाला गोष्ठीमा रेडक्रस अभियानलाई कसरी जनमुखी बनाउन सकिन्छ, बिपद ब्यबस्थापन कसरी गर्ने, स्थानीय तह संग कसरी समन्वय र सहकार्य गरेर अगाडी बढने, उपशाखालाई ब्यबस्थापन संचालन र आर्थिक परिचालन जवाफदेहीता पार्दशिता लगाएत युरेस जुरेस स्तरीय गतिविधिका बिषयमा प्रस्तुती रहने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्युठानका मन्त्री दामोदर शर्माले जानकारी गराए । उक्त कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधि उद्योगि ब्यापारी राजनीतिक दलका प्रतिनिधिले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
झिमरुक गाउपालिकाको मच्छी गौमुखी क्याम्पसको सभाहलमा संचालन हुने गोष्ठीमा जिल्ला भरका १९ उपशाखाका एक एक जना प्रतिनिधि सहभगी भएको आयोजकले जानकारी दिएको छ । २०६१ सालमा स्थापना भएको नेपाल रेडक्रस सोसाइटी मच्छी उपशाखामा हाल १ सय ३६ जना आजिवन सदस्य आबद्ध रहेका छन ।
मच्छी उपशाखाका सभापति ऋषिराम पोख्रेलको अध्यक्षता रहेको कार्यक्रम संचालन उपशाखा सचिब नारन बहादुर जि. सीले गरेका थिए ।

  • २२ मंसिर २०७५, शनिबार ०८:१८ प्रकाशित
  • Nabintech