प्रहरीद्वारा सडक सचेतना कार्यक्रम
  • काँचुली खबर

बाँकेको नेपालगन्जमा प्रहरीले सडक सचेतना मुलक कार्यक्रम गरेको छ । नागरिक प्रहरी साझेदारी कार्यक्रम अन्तरर्गत प्रहरीले बुधबार नेपालगन्जमा सडक सचेतनामुलक कार्यक्रम गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँके, वडा प्रहरी कार्यालय नेपालगन्ज, जिल्ला ट्राफिक कार्यालय बाँकेको सयुक्त आयोजनामा कार्यक्रम गरिएको थियो । कार्यक्रम अन्तरर्गत नेपाल प्रहरी र ट्राफिक प्रहरीले पुष्पलाल चोक देखि विपी चोकसम्म ¥याली निकालेर मानिसहरुलाई सडक सुरक्षाको बारेमा सचेतना जगाएका थिए ।

वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक नारायण डाँगीले सडक, फुटपाथ अतिक्रमण, नो हर्न अभियान, लगायतका बारेमा मानिसहरुलाई जानकारी गराइएको बताए ।
मंसिर १ गतेबाट नेपालगन्ज नगर क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको भन्दै नेपाल प्रहरी र ट्राफिक प्रहरीले सवारी चालकलाई हर्न नबजाउन आग्रह समेत गरेका थिए । यो अभियान जारी राखिने वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक डाँगीले जानकारी दिए ।

  • १९ मंसिर २०७५, बुधबार २२:४९ प्रकाशित
  • Nabintech