झिमरुक गाउँपालिका– ६ अन्तर्गत पर्ने मजुवा, दहखोला, गोयल्छेडी, अर्घाखाँची सडकको गाउपालिकाले स्तरोन्नती गर्ने कार्य थालनी गर्ने भएको छ । उक्त मोटर बाटोको ट्रयाक खोलिएपनि स्तरोन्नती नहुँदा बस सेवा सञ्चालनमा कठिनाई भएको स्थानीयले गुनासो गरेका छन । प्युठानको व्यापारिक केन्द्र जुम्री बसपार्कदेखि झिमरुक गाउँपपालिका –६ मर्कावाङ सम्म विगत वर्षदेखि बस सेवा सञ्चालन गर्ने अनुमती पाएपनि मोटर बाटो स्तरोन्नति नहुदा नियमित बस सञ्चालनमा कठिनाई भएको हो । यसको समाधानका लागि यस आर्थिक वर्षमा झिमरुक गाउँपालिकाले रु ११ लाख र मल्लरानी गाउँपालिकाले रु १४ लाख गरि रु २५ लाख बजेट विनियोजन गरि सडक स्तरोन्नती गर्ने थालिएको झिमरुक गाउपालिकाले जनाएको छ ।
सड्क स्तरोन्नती भएपछि झिमरुक गा पा वडा नंम्बर ६ का दहखोला, तोरवाङ, नेटा, मर्कावाङ, लेख सल्लेरी र मल्लरानी गाउँपालिकाका सोलहाँल्ना, लुक्का, ठुलाचौर लगाएत यि गाउँपालिपासंग सिमाना जोडिएका अर्घाखाँचीका स्थानियहरु सडक सञ्जालमा जोडिने सडक उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर पुनले बताए । उक्त सड्क अर्घाखाची सम्म जोडियपनि बस गुड्न नसक्ने चौडा ग्रेड नमिलेको हुँदा स्थानियहरु पैदल यात्रा गर्न बाध्य छन् । गाउँपालिकाले यस सड्कलाई स्तर उन्नती गरेपछी प्युठान संगै अर्घाखाँचीका स्थानियहरुलाई यात्रा गर्न समेत सहज हुने अध्यक्ष पुनले बताए ।
मल्लरानी गाउँपालिका र झिमरुक गाउँपालिकाको सहयोगमा ५ किलोमिटर सड्कमा नाली बनाउने, सड्क चौडा बनाउने, आवश्यकता अनुसार ग्रेड मिलाउने जस्ता काम गरिने झिमरुक गाउापालिकाका प्राविधिक नगेन्द्र आचार्यले बताए । झिमरुक गाउँपालिकाले प्राविधिकहरुलाई सडकको सर्भे डिजाइनको लागि पठाएको छ । प्राबिधिक सर्भे डिजाईनको आधारमा सडक स्तरउन्नती गर्ने वडा नंम्बर ६ का वडा अध्यक्ष निमानसिंह जिसीले बताए । हाँल सड्क साघुरो रहेकाले बस सन्चालन हुन नसक्ने भन्दै यात्रुको सहजताका लागि भएपनी जिप सञ्चालनमा ल्याइएको वडा अध्यक्ष जिसीले बताए । उनले भने,–‘स्थानियलाई सहज होस भन्न्ो उदेश्यले सड्कको स्तरउन्नती गरेका हौँ ।’ जिपमा तलमाथी बराबर यात्रु चढेर हिड्छन् । वडा अध्यक्ष जिसीले भने,–‘साघुरो सड्क भएकाले यात्रा गर्न अफ्ठेरो हुन्छ । ’
सड्क स्तरउन्नती गर्न गाउँपालिकाले बजेट विनियोजन गरेको थाहाँ पाएपछि यस क्षेत्रका स्थानिय खुसी छन् । जिल्लाकै व्यपारिक क्षेत्रमा आवात जावत गर्न सहज हुने उपभोक्ता समितिका अध्यक्ष पुनले जानकारी दिए । उनले भने,–‘सड्क स्तरउन्नती भएपछि यात्रा गर्न सहज हुनेछ । ’
१९ मंसिर २०७५, बुधबार १२:१० प्रकाशित