प्रधानमन्त्री ओलीले पाए सुशासन अवार्डसहित १ लाख डलर
  • काँचुली खबर

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन अवार्ड प्रदान गरिएको छ। होटल हायातमा भएको एसिया प्यासेफिक समिटमा प्रधानमन्त्री ओलीलाई उक्त अवार्ड दिएको हो। अवार्डसँगै प्रधानमन्त्री ओलीलाई १ लाख डलर पुरस्कार दिइएको छ। आयोजक युनिभर्सल पिस फेडरेसनद्धारा आइतबार आयोजित समापन समारोहमा ओलीलाई १ लाख डलर राशिको अवार्ड दिएको हो ।

प्रधानमन्त्री ओलीले उक्त रकम कोष बनाएर यूवाका क्षेत्रमा काम गर्नकालागि सरकारी कोषमा दाखिला गरेको घोषणा गरेका छन ।
यसैबिच प्रधानमन्त्री केपी शर्मा ओलीसँग कम्बोडिया र पलाउका पूर्वराष्ट्रपति तथा पाकिस्तानका पूर्वप्रधानमन्त्रीले छुट्टा छुट्टै भेतवार्ता गरेका छन ।

एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुन काठमाडौं आएका पूर्वसरकार प्रमुखसँग आईतबार भएको भेटमा नेपालको शान्ति प्रक्रिया र सरकारले अघि सारेका समृद्धिका योजनाहरुबारे छलफल भएको छ ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ राजा गिलानीसँग भएको भेटमा सार्कलाई प्रभावकारी बनाउनेबारे छलफल भएको छ । भेटमा प्रधानमन्त्री ओलीले नेपाल सार्कको नेतृत्व हस्तान्तरण गर्न आतुर रहेको बताए । गिलानीसँग दक्षिण एसियाका देशको पारस्परिक व्यापार र लगानीको आदानप्रदान बढाएर जानेबारे पनि छलफल भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । यसैगरी प्रधानमन्त्री ओलीसँग पलाउका पूर्वराष्ट्रपति जोनसन टोरीवियङले पनि भेट गरेका थिए ।

  • १६ मंसिर २०७५, आईतवार १८:४९ प्रकाशित
  • Nabintech