आज विश्वभर ३१ औ विश्व एड्स दिवस मनाईदै छ । सोही क्रममा बाकेको नेपालगन्जमा पनि विभिन्न कार्यक्रमहरु सहित सो दिवस मनाईदै छ । नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा शनिबार बिहान सचेतना र्याली सहितको एक कार्यक्रम गरीएको छ । नेपालगन्जको बिपि चोक देखी शुरु भएको र्याली धम्बोझी चोक, पुस्पलाल चोक हुँदै बसपार्क पुगेको थियो । बसपार्कमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणा, प्रशासकीय अधिकृत हरी प्याकुरेल, जनस्वास्थ्य अधिकृत राम बहादुर चन्द, भेरी नर्सिङ कलेज नेपालगन्जकी प्रमुख एन्जिला कोइराला लगाएतले सम्बोधन गरेका ।

वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
कार्यक्रममा भेरी नर्सिङ कलेजका छात्राहरुले नृत्य तथा एच. आई. भी./एड्स सम्बन्धित नाटक प्रस्तुत गरेका थिए । विभिन्न कलेजका विद्यार्थी, स्वास्थ्य स्वयंसेबिका तथा एच. आई.भी./एड्स सम्बन्धी काम गर्ने विभिन्न संघ संस्थाको उपस्थिती रहेको थियो ।

१५ मंसिर २०७५, शनिबार १०:५७ प्रकाशित